बाहुन र नेवार दुलाहाले दलित युवतीलाई एकै मण्डपमा गरे बिहे



हाम्रो इकोनोमि

 

 

अन्तरजातीय त्यसमा पनि दलितसँग बाहुन र नेवार दुलाहा भन्दा अचम्म लाग्ला । तर, वराहक्षेत्रको चतरास्थित पुनर्वासमा आइतबार यस्तै उदाहरणीय विहे भएको छ ।

जातीय छुवाछुत र भेदभावले ग्रसित नेपाली समाजमा बाहुन र नेवार दुलाहाले दलित युवतीलाई एकै मण्डपमा विहे गर्दै उदाहरण पेश गरेका हुन् ।

वराहक्षेत्रको पुनर्वासमा मोहन शर्मा र संजिप श्रेष्ठले एकै घरको दिदीबहिनीसँग विहे गरेका हुन् । मोहनले माइली बहिनी रञ्जनासँग विहे गर्दा संजिपले जेठी बहिनी सृजना बराइलीसँग लगनगाँठो कसे ।

सिर्जना र संजिपबीच स्कुल पढ्दैदेखि मायाप्रेम झाँगिएपछि उनीहरूले यसअघि नै विहे गरेको बुबा बलबहादुर बराइलीले बताए ।

तर, औपचारिक रूपमा भने आइतबार मात्रै विहे भएको छ ।

यता रञ्जनाले फेसबुकमार्फत् मोहनसँग चिनजान भएपछि दुवैले विहे गर्ने निधो गरेको बुबा बलबहादुर बताउँछन् ।

अमेरिकाको पेन्सलियामा बस्दै आएका मोहनले एकै मण्डपमा विहे गर्नेबारे आफ्ना साढुदाइ सुजीपसँग सल्लाह गरे । सोहीअनुरूप उनी दुई दिनअघि मात्रै अमेरिकाबाट आइपुगेका हुन् ।

झापा बिर्तामोड निवासी मोहन जन्ती लिएर आइपुगे । यता संजिप पनि जन्ती लिएर एकसाथ भेला भए । संजिपका अनुसार आमाबुबा विहेको लागि पहिले नै राजी भए पनि समाजको डरले चुप भए पनि अहिले आएर विहे गर्दा फरक अनुभव भयो । अमेरिकामा बसेका मोहनलाई भने त्यस्तो अवरोध नआएको बताए ।

उनीहरूले मण्डपमा साथ जिउने मर्न कसम खादै सात फेरा लगाए । अनौठो संयोग भनौ, दश वर्ष अगाडि सुजीप र मोहन पत्रमित्रताबाट चिनजान भएका थिए । उनै संजिप र मोहन अहिले साढुदाइ–साढुभाइ बनेका छन् ।

‘समाजमा मर्दा पर्दा सारोगाहे पर्दा मान्छे नै चाहिन्छ जात त चााहिदैन् । अनि किन यस्तो विभेद ? हामी यस्ता कुरिती लाई चुनौती दिन नै विावह गरेका हौं ।’ बेहुलाद्वयले भने ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...