एयरपोर्टमा लुट्ने काम बन्द गरिएन भने एयरपोर्ट अगाडि बिरोध गर्न तयार छु- रेखा थापा
चर्चित अभिनेत्री रेखा थापा बेलाबेलामा चर्चामा आइरहन्छिन् । कहिले राजनीति र कहिले अरु नैं कारणले थापाको चर्चा हुने गरेको पाईन्छ ।
यो बिचमा राप्रपा नेपालमा रहेकी थापाले सरकार विरुद्ध कडा प्रतिकृया जनाएकी छिन् । सरकारले पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न थालेको छ ।
धेरै समय अगाडि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने प्रावधानको कार्यान्वयनमा सरकार उत्रेको हो ।
सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने व्यवस्था छ ।
अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरकारले राजश्व उठाउने नाममा गरिब जनताको पेटमा लात हानेब्याख्या गर्न थालेका छन् ।
यसैं सन्दर्भमा नायिका थापाले पनि आफ्नो प्रतिकृया जनाएकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै सरकारी कदमको विरोध जनाएकी हुन् ।
यस्तो रहेको छ उनको स्टाटस।
दुबई, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकि छु ।
जब वर्षौ पछी घर फर्किने सुखद दीन आउछ, आफन्त र घररिवारको लागि खुशीको स साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो ।
दुइवटा फोन ,एइटा टि.भी वा त्यस्तै अरु सामान, निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला रु तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ श्र सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको कहानी जनताले थाहा पाएका छन ।
यिनै मजदुर बेचि खाने दलाल, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनिहरुको कमाइको नासो किन खोस्दैछ सरकार रु के परिवारको लागि चिनो ल्याउनु अपराध हो रु मेरो बिचारमा यो श्रमिक माथि शोषण र अत्याचार हो ।
जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ ।
हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको अपमान गर्ने अधिकार कसैलाई छैन ।
यो बन्द गरिएन भने म एल्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु ।
आफु अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ?

