धुर्मुस भन्छन् नेपाली सच्चिकै दिलदार छन् मलेसियामा सोचेभन्दा राम्रो सहयोग मिल्यो



हाम्रो इकोनोमि

 

चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा जुटेका कलाकार तथा अभियन्ता सीताराम कट्टेलले मलेसियाबाट सोचेभन्दा बढी सहयोग मिलेको बताएका छन् ।

मलेसियाका नेपालीले राम्रो सहयोग नगर्दा निराश भएर फर्किएको समाचार आइरहेका बेला धुर्मुसले त्यहाँका नेपालीबाट पाएको सहयोगले आफू उत्साहित भएको बताएका छन् ।

‘रंगाशाला निर्माण सहयोगार्थ जुन उद्धेश्य लिएर हामी मलेसिया आएका थियौं । मलेसियामाका नेपाली दिदिबहिनी दाजुभाइबाट सोँचे भन्दा राम्रो सहयोग-सदभाव पाएका छौं’, धुर्मुसले भने, ‘यही अभियानलाई लिएर फेरि मलेसिया आउने निम्तो पनि पाएका छौं, यसले हामीलाई थप हौसला मिलेको छ ।’

मलेसियाका विभिन्न ठाउँमा क्रिकेट रंगशालाका लागि चलाएको अभियानका क्रममा त्यहाँका नेपालीबाट प्राप्त सहयोगबारे नेपाल फिरेर जानकारी गराउने उनले बताएका छन् ।

‘केही भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु’, धुर्मुसले भनेका छन् ।

क्रिकेट रंगाशाला निर्माणका लागि सहयोग जुटाउन कलाकार पत्नी कुञ्जना घिमिरे ‘सुन्तली’ सहित धुर्मुस साताअघि मलेसिया पुगेका थिए ।

पछिल्लो समय ठगि धन्दा गर्नलाई फेसबुक सजिलो माध्यम बनेको छ । एउटै व्यक्तिले विभिन्न नाममा धेरै वटा फेसबुक एकाउन्ट खोल्यो र सुरु गर्यो आफ्नो धन्दा । यसकै एउटा ज्वलन्त उदाहरणको रुपमा भर्खरै भारतमा घटेको घटनालाई लिन सकिन्छ ।

पायल नाम गरेकी एक युवतीले विभिन्न नाममा फेसबुक एकाउन्ट खोलेर युवाहरुलाई फसाएको घटना सार्बजनिक भएको छ ।

एक युवकलाई उनले बलात्कारको अभियोगमा फसाउने धम्की दिँदै ३० लाख रुपैयाँ मागेपछि बिस्तारै उनको कर्तुत बाहिरिएको हो ।

प्रहरीले ती युवतीलाई पक्राउ गरी सोधपुछका क्रममा ती युवतीले फरक फरक नामबाट फेसबुक आइडी बनाउँछिन् र युवकहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाएर मित्रता गर्छिन् । मेलमिलाप बढेपछि ती युवकलाई ब्ल्याकमेल गरेर लाखौं रुपैयाँ असुल्छिन् । तर, अहिले यस्तै गर्दा उनी प्रहरीको फन्दामा परिन् ।

प्रहरीले ती युवतीकी आमासहित अन्य २ जनालाई पक्राउ गरेको छ । पुलिसले ती युवतीले अन्य कैयौं युवकलाई फसाएको आशंकामा अनुसन्धान गरिरहेको छ । युवतीको वास्तविक नाम पापिया भएको बताइएको छ । उनी आफूलाई पायल नाम बताएर चिनाउँथिन् । त्यसपछि उनले फेसबुकमा अञ्जली र इशा नामबाट पनि आइडी बनाएकी थिइन् ।

उनले यी आइडीबाट युवकलाई फ्रेण्ड रिक्वेस्ट पठाउँथिन् । मित्रता गहिरिएपछि तिनै युवकहरुलाई ब्ल्याकमेल गरिन्थ्यो । आरोपी युवतीको स्थायी ठेगाना भारत त्रिरा भएको बताइएको छ । उनको विवाह कोलकातामा भएको थियो ।

४ वर्ष पहिले उनका पतिको मृत्यु भइसकेको थियो । केही समय युवतीले गुढागौडजी गएर एक जागिर पनि गरिन् ।

उनका दुई बच्चा पनि भएको बताइएको छ । प्रहरीले पक्राउ गरेका मध्ये उनकी आमा पीडितलाई धम्क्याउने काम गर्थिन् ।

उनले बलात्कार अभियोगमा फसाउने धम्की दिँदै गुढागौडजीका एक युवकसँग ३० लाख मागेकी थिइन् । ती युवकले पुलिसलाई खबर गरेर २ लाख रुपैयाँ युवतीलाई दिए । पुलिसले तत्काल उनलाई पक्राउ गर्यो । ती युवकसँग ३० लाख मागिएकोमा पछि बार्गेनिङ हुँदै जाँदा १३ लाखमा सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...