७० वर्षीय वृद्धबाट १३ वर्षे नातिनी बलात्कृत



हाम्रो इकोनोमि

 

बलात्कारको अरोपमा ७० वर्षे बृद्ध पक्राउ परेका छन् ।

ती बृद्धले खुकुरी देखाउँदै १३ वर्षीया आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा गुल्मी जिल्ला प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको मालिका गाउँपालिका घमिरका बृद्धलाई  भारतको आशमबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

‘बाबु कान्छी श्रीमती ल्याएर अन्तै बस्ने, घरमा २ नातिनीहरुमध्ये १३ बर्षिया एक नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार गरेको बाबुसमक्ष पुग्यो र पीडितबाट उजुरी पर्यो त्यसपछि हामीले भारतको आशाम पुगेर पक्राउ गरेर ल्याएका छौं’ एसपी बस्नेतले भने, ‘अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको छ’ बस्नेतले बताए ।

प्रहरीले ती बृद्धको नाम गोप्य राखेको छ ।

प्रहरीका अनुसार गुल्मीको जोहाङ्ग स्थित विवाहमा आएका बाग्लुङ्गका २४ बर्षिय युवाले पनि १२ बर्षिया बालिकालाई बिवाह गर्ने प्रलोभन देखाउँदै बलात्कार गरेका छन् । उनलाई गुल्मी लुम्छाबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...