३५ वर्षसम्म विवाह नगर्ने महिलालाई पनि अब भत्ता
काभ्रेको पनौती नगरपालिकाले संघीय सरकारद्वारा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ।
नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेको अविवाहित, सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई लाभग्राहीका रूपमा समेटिएको हो। यो खबर आजको नागरिक दैनिकमा मधुसुदन गुरागाईंले लेखेका छन्।
‘संघीय सरकारले अविवाहित र सम्बन्ध विच्छेद भएका महिलालाई ६० वर्ष पुगेपछि मात्रै सामाजिक सुरक्षा भत्ता पाउने योग्य मानेको छ।
यस्तै लामो अवधिसम्म पति बेपत्त भएका महिलाको हकमा केही व्यवस्था छैन,’ नगरप्रमुख भीम न्यौपानेले भने,‘ हामीले संघीय सरकारको मापदण्डमा नपरेका महिलालाई समेत सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याएर लाभग्राहीको सूचीमा राख्ने भएका छौं।’

