अमेरिकामा एक महिनादेखि बेपत्ता नेपाली युवा मृत भेटिए



हाम्रो इकोनोमि

 

अमेरिकाको क्यालिफोर्नियाबाट बेपत्ता नेपाली युवक मृत भेटिएका छन् ।

क्रिसमस इभिनिङका दिन क्यालिफोर्नियाको सन्नीभेलस्थित हाइल्यान्डर अपार्टमेन्टबाट निस्किएका २५ वर्षीय कुशल शर्मा मृत भेटिएको खबर प्रहरीले १९ माघमा परिवारलाई दिएको हो ।

कुशल शर्मा एउटै अपार्टमेन्टमा बस्ने एक म्याक्सिकन युवकलाई हात हालेर आमाबुबासँग झगडा गरी तेस्रो तलाबाट निस्किएका थिए ।

म्यक्सिकनले प्रहरीमा उजुरी गरेपछि उनी केहीबेरमै अपार्टमेन्टको भुइँतलाबाट पक्राउ परेका थिए ।

दुई दिनसम्म पनि घर नफर्किएपछि उनका आमाबुबा प्रहरी चौकी पुगेका थिए । प्रहरीले पक्राउ परेकै राति कुशललाई छाडेको जवाफ दिएको थियो ।

त्यसपछि सम्पर्कमा नरहेका उनको मृत्युको खबर १९ माघमा मात्रै प्रहरीले दिएको हो ।

बेपत्ता भएको भोलिपल्टै मृत्यु

बेपत्ता भएको एक महिनापछि मृत्युको खबर दिएको प्रहरीले कुशलको मृत्यु भने १२ पुसमै भएको जनाएको छ । एनबिसी बे एरियाका स्थानीय अनलाइनका अनुसार ४२६ नम्बरको साउथबोन्ड काल ट्रेनकाे ठक्करबाट उनको मृत्यु भएको हो । उनी ट्रेन ट्रयाकमा विनाअनुमति प्रवेश गर्दा ज्यान गएको बताइएको छ । सान्फ्रान्सिस्कोबाट सान होजे जाँदै गरेको ट्रेनले स्कट ब्लुबर्डदेखि ५ सय मिटर दक्षिण सान्टा क्लारामा उनलाई ठक्कर दिएको समाचार छ । ट्रेनको ट्र्याकमा प्रवेश गर्न र त्यहाबाट बाटो काट्न पाइँदैन ।

‘रिसाएर गएकाले केही दिनमै आउलान् भन्ने आस बाबुआमालाई भएछ,’ बे एरियामा सक्रिय नेपालीहरूको संस्था सन्नी सगरमाथाका अध्यक्ष सन्तोष गिरीले भने, ‘तर, छोरो नफर्किएपछि दुई दिनपछि उनीहरूले मिसिङ रिपोर्ट दर्ता गराएका रहेछन् । फेला परेपछि खबर गर्ने भन्दै स्थानीय प्रहरीले फिर्ता पठाइदिएको रहेछ । तर, एकैपटक मृत्युको खबर दियोे ।’

कुशल कसरी ट्रेनको ट्र्याकमा पुगे भन्ने पनि खुल्न सकेको छैन । ‘घटना के–कसरी भयो हामीलाई पनि थाहा छैन,’ आफन्त विक्रम जोशीले भने । कुशलको फिंगर प्रिन्टका आधारमा उनी नै भएको दाबी प्रहरीको दाबी छ । शर्माको बुधबार अन्तिम संस्कारको तयारी भएको छ ।

डिआन्जा कलेजमा पढ्दै काम गर्दै गरेका उनी राम्रो फुटबल खेलाडीसमेत थिए । कुशलको परिवार ७ वर्षअघि नेपालबाट डिभी परेर अमेरिका आएको विक्रमले बताए ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...