परपुरुषसँग लागेपछि विष खुवाई ४ वर्षे छोराको हत्या !



हाम्रो इकोनोमि

 

सल्यानमा एक युवतीले आफ्नै छोरालाई विष खुवाएर मारेको खुलेको छ ।

छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएकी थिइन् ।

बालकले वान्ता गर्न थालेपछि श्रीनगरको अधिकारी पोलिक्लिनिकमा उनैले लगिन् । त्यहाँ डाक्टरले बालकलाई मृत घोषित गरेका थिए । त्यसपछि बालकलाई गाउँमा ल्याई दाहसंस्कार गरिएको थियो ।

बालकको दाहसंस्कार गरेको साँझ सोही घरमा बास बसेका पाहुनाहरुबाट प्रहरीले घटना शंकास्पद रहेको जानकारी पाएपछि अनुसन्धान सुरु गरेको थियो । ‘बास बसेका पाहुनाहरुले कोठामा सुत्ने क्रममा विषादीको गन्ध र धुलो देखेपछि शंका लागेर प्रहरीलाई खबर गरे, अनि हामी पुगेका हौं’ डीएसपी शाहीले भने ।

प्रहरीले आमा एलिशालाई पुुस २९ गते पक्राउ गरेको थियो । भारतमा काम गर्ने एलिशाका श्रीमान घटना हुनुभन्दा १० दिनअघि मात्र घरविदा सकेर काममा फर्किएका थिए ।

प्रहरीसँगको बयानका क्रममा एलिशाले श्रीमानले आफूलाई कुटपीट गर्नुका साथै अर्को विहे गर्ने चेतावनी दिएको आरोप लगाएकी छन् ।

आफ्नो पनि एक युवकसँग सम्बन्ध रहेको र उसलाई आफू अविवाहित हुँ भनी ढाँटेको उनको स्वीकारोक्ति छ । ती यूवकसँग बिहे गर्ने योजना रहेको पनि उनले बताएकी छन् ।

‘श्रीमान र श्रीमती दुवैले अर्को विहे गरेपछि बच्चाले दुख पाउँछ भनेर घटना घटाएको भन्ने बयान दिएकी छिन्,’ डीएसपी शाहीले भने । एलिशाले कर्तव्य गरी छोरालाई मारेको देखिन आएको भनी माघ २२ गते प्रहरीले जिल्ला अदालतमा पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...