बद्लिदो समाज : दलितसँग छोरी भागेपछि बोलाएर धुमधामका साथ विवाह
नेपालमा सैद्धान्तिक रुपमा धेरैं कुराहरु गरिएको भएपनि यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ ।
छुवाछुतलाई कानुनी रुपमा अवैधानिक मानिएको भएपनि सामाजिक रुपमा यसको अन्त्य भएको छैंन् ।
तर, अचेल समाज परिवर्तन हुन थालेको संकेत भर्खरै गुल्मीमा भएको एक अन्तरजातीय विहेबाट देखिएको छ ।
पाल्पाको एक श्रेष्ठ परिवारले दलितसंग भागेकी आफ्नी छोरीलाई घर बोलाएर बिधिवत रुपमा कन्यादान गरिदिएका छन् ।
पाल्पाको अर्गेलीकी श्रेष्ठ परिवारकी छोरी सिर्जनाले गुल्मीको सदरमुकाम रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका ध्रुव सुनारसंग भागी विवाह गरेकी थिईन् ।

