१० प्रतिशत सेवा शुल्क लिनु पर्ने माग गर्दै आजदेखि रेष्टुरेन्टहरुमा मजदुरकाे हड्ताल
रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ् नेपाल (रेबान)ले उपभोक्ताबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्ने निर्णय गरेको विरोधमा आजदेखि देशैभरका रेष्टुरेन्ट बन्द हुँदैछन ।
अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघले १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको विरोधमा आजदेखि देशैभरका रेष्टुरेन्ट तथा बार बन्द गर्ने घोषणा गरेको हो ।
संघका महासचिव मुक्ति दाहालले रेबानले आफूहरुसँग छलफल नै नगरी यो निर्णय गर्नु आपत्तीजनक रहेको र मजदुरमाथिको थिचोमिचो भएको बताए ।
यसैबीच रेष्टुरेन्ट तथा बारमा ग्राहकबाट लिने १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको विरोधमा मजदुरले आन्दोलन थाले पनि रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ् नेपाल (रेबान)ले भने निर्णयबाट पछाडि नहट्ने बताएकाे छ ।
रेवानका अध्यक्ष प्रमाेद जैसवाल भन्छन `उपभोक्तालाई मार परेको र १० प्रतिशत सेवा शुल्कबापतको पैसा मजदुर र हामीलाई भन्दा पनि अरु ठाउँमा जान थालेपछि हामीले निर्णय फिर्ता गरेका हौँ, अब यो निर्णयबाट ब्याक हुँदैनौँ ।´

