कान्छी श्रीमती भित्र्याउने र कान्छी बन्न आउने दुवै पक्राउ



हाम्रो इकोनोमि

 

मती हुँदाहुँदै कान्छी श्रीमती भित्राउने युवक र कान्छी श्रीमती बन्न आउने युवती पक्राउ परेका छन् ।

फाल्गुनन्द गाउपालिका–६ का २९ वर्षीय गणेश चेम्जोङ र २५ वर्षीया सुस्मिता लिम्बूलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

चेम्जोङले घरमा श्रीमती हुँदाहुँदै गएको भदौ १ गते ताप्लेजुङको त्रिवेणी गाउँपालिकाकी २५ वर्षीया सुस्मिता लिम्बूलाई कान्छी श्रीमतीको रुपमा भित्राएका थिए ।

आफू सवल र सक्षम हुँदाहुँदै श्रीमानले कान्छी श्रीमती भित्र्याएकोले कानुनबमोजिम पक्राउ गरी कारबाही गर्न सुशीला चेम्जोङले प्रहरी दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई तेह्रथुमको सक्रान्ति बजारबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...