रवि ओड प्रकरण : लोकदोहोरी प्रतिष्ठानबाट अलग्गिएको बसन्तको घोषणा



हाम्रो इकोनोमि

 

नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा असन्तुष्टि जनाएका संगीतकार बसन्त थापाले अन्ततः लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन् ।

यो विवादमा प्रतिष्ठानले मौन रहेको भन्दै उनले यो घोषणा गरेका हुन् ।

बसन्तले सोमबार राति अबेर फेसबुकमा दुई बुँदे स्टाटस लेखेका थिए ।

पहिलो बुँदामा उनले लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ ।

त्यसैले आजका मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

दोस्रो बुँदामा उनले लेखेका छन्, ‘यस्तो सिर्जना गर्न मन छ, जसमा आवाज रवि ओडको होस र माया करोडको होस । गाली गर्नेहरुलाई बारबार पश्चाताप होस ।’

अष्ट्रेलियामा आयोजित कन्सर्टमा रवि ओडले बसन्तद्वारा संगीतबद्ध चर्चित लोकदोहोरी ‘सालको पात टपरी हुने…’ गाएका थिए । तर, उनले गीतको लिरिक्स बिगारेका थिए । यसै विषयमा असन्तुष्टी जनाएर बसन्तले फेसबुकमा स्टाटस लेखे । उनले रविले गीत तोडमोड गरेको तथा अनुमतिबिना कन्सर्टमा गाएको बताएपछि विवाद उब्जिएको थियो । सो स्टाटसलाई लिएर रविका फ्यानहरुलाई उनलाई गालीगलौज गर्न थाले । जुन क्रम अहिले पनि जारी छ ।

यही बीच रविले फेसबुकमा प्रष्टिकरण दिँदै आफूले तयारीबिना दर्शकको मागअनुसार सो गीत गाउनुपरेकाले त्रुटी हुन गएको बताएका छन । रविले फेसबुक म्यासेन्जरमा बसन्तसित कुरा गर्दै माफी पनि मागेका छन् । तर, रविका फ्यानहरु शान्त भएका छैनन् । बसन्तलाई गालीगलौजको क्रम जारी छ ।

अनलाइनखबरसँगको कुराकानीमा बसन्तले भने, ‘म अहिले एकदमै डिस्टर्व छु । प्रतिष्ठानबाट अलग्गिने मेरो आत्मनिर्णय हो । कसैसँग सल्लाह गरेर निर्णय लिएको होइन । यो विषयमा अहिले थप केही बोल्न चाहन्न ।’

म पनि पहिले यस्तै खाले तनावमा फसेको थिएँ । मेरो एउटा लोकदोहोरीले दलितहरुको अपमान गरेको भनेर विवाद उब्जिएको थियो । त्यसमा मलाई पनि धेरै गालीगलौज आए । धम्की आए । त्यतिबेला मेरो मनमा पनि नकारात्मक भावहरु नआएका होइनन् । यस्तो अवस्थामा आफूलाई झन् बलियो बनाउनुपर्ने रहेछ । मैले आफूलाई बलियो बनाएँ । त्यतिबेला म आफैं लोकदोहोरी प्रतिष्ठानको सचिव थिए । प्रतिष्ठानले त्यो इस्यूमा केही बोलेन र मैले बोल्नुपर्छ भन्ने माग पनि गरिनँ । बरु आफैंले व्यक्तिगतरुपमा एउटा प्रेस विज्ञप्ति जारी गरेँ ।

अहिले बसन्त भाइको विवादलाई पनि नजिकबाट नियालिरहेको छु । उनले उठाएको कुरा गलत होइन । हरेक सर्जकलाई आफ्नो सिर्जनाको माया हुन्छ । आफ्नो गीतलाई स्टेजमा कसैले तोडमोड गरेर गाउँदा चित्त दुख्नु स्वभाविकै हो । त्यसमाथि अरुको गीत गाउँदा सम्वन्धि स्रष्टासँग अनुमति पनि लिनुपर्ने हुन्छ । गाउनु अगाडि उनीहरुको नाम लिनुपर्छ । त्यो गरेको देखिएन ।

यो विवादमा लोकदोहोरी प्रतिष्ठानको धारणा म अहिले बताउन सक्दिनँ । किनकी यसका लागि प्रतिष्ठानको बैठक बसेर छलफल गर्नुपर्ने हुन्छ । बसन्त भाइले प्रतिष्ठानबाट अलग हुने कुरा गर्नुभएको छ । उहाँले यस विषयमा कुनै लिखित वा मौखिक ढंगले प्रतिष्ठानमा कुरा राख्नु भएको थिएन भन्ने मलाई थाहा भएन । उहाँले संस्थागत ढंगले जानु पर्छ । अर्को कुरा नकारात्मक कमेन्टहरु आए भनेर बिचलित नहुन म उहाँलाई सुझाव दिन्छु । बरु कमेन्टहरु पढ्दै नपढे हुन्छ । सामाजिक सञ्जाल भनेको त्यस्तै नै रहेछ । म आफू विवादमा परेदेखि सामाजिक सञ्जालमा सक्रिय हुनै छोडिदिएँ । यसो गीतहरु सेयर गर्छु । अरु केही लेख्दिनँ ।

प्रतिष्ठानको फागुन १ गते बैठक बस्दैछ । सम्भवत त्यस बैठकमा यो विवादबारे छलफल भएर कुनै निश्कर्षमा पुग्न सकिन्छ । तर, मुलभूत कुरा भनेको स्रष्टाको सृजना संरक्षण कसरी गर्ने भन्ने नै हो । किनकी स्टेजमा अरुका गीत गाइदिन सजिलो हुन्छ, तर, ती गीत सिर्जनामा कति मेहनत, दुख परेको हुन्छ त्यो स्रष्टालाई मात्र थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...