नारायण काजी सङ्ग कुरा चलेको एकाएक पछी कोमल वलीको विवाहको मिति सार्वजनिक
राष्ट्रियसभाकी सांसद तथा गायिका कोमल वलीले आफ्नो विवाहको मिति सार्वजनिक गरेकी छन् । उनले ठ्याक्कै दिनै नतोकेता पनि यही सन् २०१९ भित्रै आफ्नो स्वयम्बर हुने खुलासा गरेकी हुन् ।
एक अनलाइनको काठमाडौंको रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित उदघाटन कार्यक्रममा उनले भनिन्, ‘२०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ ।
मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’
उनले भनिन्, ‘हाम्रो हिन्दु धर्म विज्ञानभन्दापनि अगाडि छ । ]
हाम्रो संस्कृति, हिन्दुधर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ, हामी नेपाली हिन्दु महिलाहरु मंगलबार बर्त बस्छौं, हिन्दु परम्पराले शरिरलाई स्वस्थ र मजबुद बनाउँछ भन्ने छ ।’
दलित बस्तीमा थोरै भए पनि अहिले खुशियाली
छिमेकीको अपहेलना र पानीको जोहो गर्दै हैरान बनेका बाँके जानकी गाउँपालिका गुरुवागाउँको दलित बस्तीमा थोरै भए पनि अहिले खुशियाली आएको छ ।
दलित बस्तीमा नेपाल एक्रा एजुकेशनल फाउण्डेशनले धारा जडान गरेपछि आफ्नै घर, आँगनमा पानी भर्न पाएपछि दलित बस्तीमा खुशियाली छाएको हो । फाउण्डेशनले गाउँपालिकाको वडा नं ५ गुरुवागाउँमा ५१ वटा घरमा खानेपानीका धारा जडान गरेपछि छुवाछूत र खानेपानी नपाउने पीडाबाट त्यहाँका दलित समुदायलाई राहत मिलेको छ ।
अत्यन्त गरीब बस्तीका रुपमा चिनिएको गुरुवागाउँका ५१ घरमा गाउँपालिकाको सिफारिशमा धारा जडान गरिएको फाउण्डेशनका कार्यक्रम संयोजक पवन सिंहले जानकारी गराउनुभयो ।
धारा जडान भएपछि गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, वडाध्यक्ष रमेश वर्मा, किशोर थापा र अधिकारकर्मी आलम खानसहितको एक टोलीले गुरुवागाउँका सर्वसाधारणसँग धाराको स्तरलगायतका विषयमा जानकारी लिएको छ ।

