मोरङको एक स्कुल, जहाँ ढिलो आउने शिक्षकलाइ विद्यार्थीले गेटबाटै फर्काइदिन्छन्



हाम्रो इकोनोमि

 

सामान्यतया स्कुल कलेजहरुमा विद्यार्थी शिक्षकहरु ढिलो आउँने गर्दछन । विद्यालयहरुमा पनि सरकारी विद्यालयहरुमा शिक्षकहरुको आउँने जाने तरिका नैं वेग्लैं हुने गर्दछ ।

तर, मोरङको जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयका विद्यार्थीले गेटमै बसेरै निगरानी गर्न थालेपछि ढिलो आउने शिक्षकहरु सतर्क बन्न थालेका छन् ।

विद्यार्थीले शैक्षिक गुणस्तर सुधार अभियान शुरु गरी शिक्षकलाई अनुशासन सिकाउन थालेपछि शिक्षकहरु सतर्क बन्न थालेका हुन् ।

विद्यार्थीले शिक्षक र अभिभावकसहितको उपस्थितिमा शिक्षक र विद्यार्थीका लागि नियम बनाएपछि हाल पठनपाठनमा समेत सुधार आएको छ ।

समयमै शिक्षक कक्षाकोठामा नपुग्ने शिक्षकलाइ समेत विद्यार्थीले प्रश्न सोध्ने गरेका छन् ।

तीन महिना अगाडि नियम बनाएपछि ढिलो आउने शिक्षकलाई विद्यार्थीले निगरानी गर्न थालेका हुन् ।

यो नियम लागू भएपछि हालसम्म तीन जना शिक्षक र दर्जनौं विद्यार्थी कारवाहीमा परेर विद्यालयको गेटबाटै घर फर्किएका एक विद्यार्थीले बताए । त्यसो त गाउँपालिकाले पनि ती महिनाअघिदेखि विद्युतीय हाजिरी लागू गरेको छ

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...