मोरङको एक स्कुल, जहाँ ढिलो आउने शिक्षकलाइ विद्यार्थीले गेटबाटै फर्काइदिन्छन्



हाम्रो इकोनोमि

 

सामान्यतया स्कुल कलेजहरुमा विद्यार्थी शिक्षकहरु ढिलो आउँने गर्दछन । विद्यालयहरुमा पनि सरकारी विद्यालयहरुमा शिक्षकहरुको आउँने जाने तरिका नैं वेग्लैं हुने गर्दछ ।

तर, मोरङको जहदा गाउँपालिका–१ स्थित जनता बाल आधारभूत विद्यालयका विद्यार्थीले गेटमै बसेरै निगरानी गर्न थालेपछि ढिलो आउने शिक्षकहरु सतर्क बन्न थालेका छन् ।

विद्यार्थीले शैक्षिक गुणस्तर सुधार अभियान शुरु गरी शिक्षकलाई अनुशासन सिकाउन थालेपछि शिक्षकहरु सतर्क बन्न थालेका हुन् ।

विद्यार्थीले शिक्षक र अभिभावकसहितको उपस्थितिमा शिक्षक र विद्यार्थीका लागि नियम बनाएपछि हाल पठनपाठनमा समेत सुधार आएको छ ।

समयमै शिक्षक कक्षाकोठामा नपुग्ने शिक्षकलाइ समेत विद्यार्थीले प्रश्न सोध्ने गरेका छन् ।

तीन महिना अगाडि नियम बनाएपछि ढिलो आउने शिक्षकलाई विद्यार्थीले निगरानी गर्न थालेका हुन् ।

यो नियम लागू भएपछि हालसम्म तीन जना शिक्षक र दर्जनौं विद्यार्थी कारवाहीमा परेर विद्यालयको गेटबाटै घर फर्किएका एक विद्यार्थीले बताए । त्यसो त गाउँपालिकाले पनि ती महिनाअघिदेखि विद्युतीय हाजिरी लागू गरेको छ

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...