यस्तो हुनेछ सामसुङको फोल्डेबल स्मार्टफोन (भिडियोसहित)



हाम्रो इकोनोमि

 

 

दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले छिट्टै नै फोल्डेबल स्मार्टफोन ल्याउँदैछ । सामसुङको उक्त पहिलो फोल्डेबल स्क्रिन भएको स्मार्टफोनको नाम ग्यालेक्सी एफ हुने बताइएको छ ।

 

यद्यपि ग्यालेक्सी एफ सार्वजनिक हुने एकिन मिति त घोषणा भएको छैन तथापि फेब्रुअरी २० मा हुने एक विशेष समारोहका बेला सामसुङले यस स्मार्टफोनका बारेमा केही जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । उक्त दिन सामसुङले ग्यालेक्सी एस १० सार्वजनिक गर्नेछ ।

 

सामसुङको आगामी फोल्डेबल स्मार्टफोनको झलक एउटा भिडियोमा देख्न सकिन्छ । लिक भएको उक्त भिडियो एकजना प्रयोगकर्ताले यु ट्युबमा अपलोड गरेका छन् । यो भिडियो सामसुङको ग्यालेक्सी एफको अफिसियल भिडियो भएको दाबी गरिएको छ ।भिडियोमा सामसुङका केही अन्य स्मार्टफोन तथा प्रडक्टका अलावा फोल्डेबल स्मार्टफोन पनि प्रष्ट रुपमा देख्न सकिन्छ ।

 

के के हुनेछन् फोल्डेबल स्मार्टफोनका फिचर्स ?

रिपोर्ट अनुसार सामसुङको फोल्डेबल स्मार्टफोनमा ७.३ इन्चको स्क्रिन हुनेछ । यसलाई फोल्ड गरेर एउटा सानो ट्याबलेटमा बदल्न सकिनेछ । स्क्रिनको एस्पेक्ट रेसियो ४ः२ः३ तथा रिजोलुसन १५३६ गुणा २१५२ पिक्सेल हुनेछ । यसमा ८ जिबी र्याम तथा १२८ जिबी स्टोरेज हुनेछ ।यो फोनमा एक्जीनोस ९८२० वा क्वालकोम ८५५ प्रोसेसर रहने बताइएको छ । उक्त स्मार्टफोनको मूल्य १८ सय अमेरिकी डलर हुनेछ । एजेन्सी

 

 

 

 

https://www.youtube.com/watch?v=P86t1F-B5Hs

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...