समाचार खण्डन गरीएको, जस्ताको तस्तै



हाम्रो इकोनोमि
श्री सम्पादकज्यू,              मिति : २०७५।१०।१८
हाम्रो ईकोनोमी डटकम
अनामनगर, काठमाडौं ।
      विषय : खण्डन सम्बन्धमा ।
महोदय,
उपरोक्त विषयमा यहाँको हाम्रो ईकोनोमी डट कम अनलाईन न्युज पोर्टलले ‘मन्त्री मगरले गरिन १ अर्ब घोटला, मेलम्चीमा २ अर्बको काम बाँकी हुँदा ३ अर्ब भुक्तानी’ शीर्षक राखेर ७ माघ २०७५, सोमबार अनलाईनमा समाचार प्रकाशित गरेको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । वास्तवमा यस समाचारमा कुनै किसिमको पनि सत्यता नरहेको स्पष्ट गर्दछु । यहाँहरुले प्रकाशित गरेको यो समाचार एक पक्षीय ढंगबाट आएको र पुरै निराधार र तथ्यहीन रहेको अवगत गराउन चाहान्छु । यहाँहरुले भने जस्तो अहिले मेलम्चीको काममा कुनै किसिमको घोटला पनि भएको छैन ।  ठेकेदार कम्पनी सिएमसीले भुकम्प र नाकाबन्दीका बेला काम हुन नसकेको भन्दै सरकारसँग दाबी क्षतिपूर्ति बापत १ अर्ब ६५ करोड भुक्तानी दाबी गरेको थियो तर सरकारलाई आर्थिक भार पर्ने गरी त्यति रकम दिन नसकिने भन्दै माननीय खानेपानी मन्त्री बिना मगरज्यूको सक्रियतामा ठेकेदार कम्पनीलाई ३५ करोड मात्र दिन सकिने समझदारी बन्यो ।
माननीय खानेपानी मन्त्रीज्यूको बारेमा हुँदै नभएको कुराहरु लेखी चरित्र हत्या गर्ने नियोजित उद्देश्यले यस अनलाईनले एक पक्षीय समाचारहरु प्रकाशित गरिरहेकोमा पत्रकारिताका आधारभूत सिद्धान्त र धर्म समेत पालना नगरी बद्नियतपूर्वक गरिएको यस किसिमको दुष्प्रचारको खण्डन गर्दछौं ।  तसर्थ, माननीय मन्त्रीज्यूको नाम जोडेर गलत र भ्रमपूर्ण तरिकाले जसरी समाचार प्रकाशित भएको छ यस्तो समाचारले उहाँको चरित्र, मान मर्यादा र सामाजिक प्रतिष्ठामाथि आँच पुगेको हुँदा यस समाचारको खण्डन प्रकाशित गरिदिनुहुन अनुरोध गर्दछु ।
बोधार्थ
१. प्रेस काउन्सिल नेपाल     निवेदक
                                                                                         शुकदेव चापागाईं
                                                                                               प्रेस संयोजक
                     (माननीय खानेपानी मन्त्रीज्यूको)

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

    लैङ्गिक न्यायपुर्ण समाज निमार्णको लागि पत्रकार र मिडियाको भुमिका प्रबद्र्धन गर्ने...