पशुपति क्षेत्रमै युवायुवतीले देखाए यस्तो अश्लील हर्कत(भिडियो)
पवित्र धार्मिकस्थल पशुपति क्षेत्रमा गजेँडी बाबाहरुको बसोबास रही आएको छ । केही समय अगाडि त गाँजा सेवन गर्ने युवायुवतीहरु बाबाबाट कारोबार गर्ने तथ्या बाहिरिएका थिए ।
पशुपति क्षेत्र विकास कोषको पहल र महानगरीय प्रहरी परिसरले गजेँडी बाबा र युवायुवतीहरुलाई तह लगाउने अभियान थालेको थियो । केही हदसम्म कारोबार कम भएतापनि लुकीछिपी धन्दा चलिरहेकै सार्वजनिक भएको छ ।
रातीको समय पशुपति क्षेत्रमा शव जलाउने स्थान पारिपट्टी गाँजा सेवन गरेका युवायुवतीकले गरेकोे अश्लिल हर्कत अहिले सामाजिक सञ्जालमा आएको छ । एक क्यामेराले कैद गरेको दृष्यमा प्रष्ट हुन्छ नशामा लठ्ठ परेका युवायुवतीले अश्लिल र छाडा बोलिरहेको देखिन्छन् ।
रातिको समय करिब ८–८ बजेतिरको जस्तो दृष्य कैद गरिएको छ । जहाँ चार जना युवायुवती एकान्त स्थान खोजिरहेको देखिन्छन् । वारीपट्टी शव जलिरहेको छ । बाग्मतीको पारी ती युवायुवतीको हर्कत हेर्दा लज्जास्पद दृष्य देखिन्छ ।
पशुपति क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीको सक्रियता घटेको हो की भन्ने त्यहाँ आवातजावत गर्ने दर्शनार्थीको आँकलन छ । मुलुककै पवित्र स्थानहरुमा हुने यस्ता घटनाले त्यस ठाउँको गरिमालाई असर गर्ने चिन्ता एकातिर छ भने बढ्दै गएको अराजक शैलीले ठूलो रुप लिने अर्को चिन्ता ।
भर्खरैमात्र सार्वजनिक गाडीमा एक युवकले गरेको अश्लिल हर्कतको आरोपीलाई प्रहरीले पत्ता लगाउन सकेको छैन । प्रहरीका मुखैमा देखिने यस्ता घटनाहरुमा प्रहरीको ‘एक्सन’ नै कमजोर भएको हो की ?
हेर्नुहोस भिडियो
एक्ली सन्तान लक्ष्मीको अन्तिम संस्कार,आँगनमा बाँस ठिक्क पारिएको छ ,शव बाँध्ने गरी बाँसका चोया निकालिँदैछ…

आँगनमा बाँस ठिक्क पारिएको छ । शव बाँध्ने गरी बाँसका चोया पनि निकालिँदैछ । मानिसको हुल बीच घरको मूलढोका अगाडि एक महिला आम्खोरामा पानी बोकेर बाहिर आइन् र शव राख्न ठिक्क पारिएको ठाउँमा पानी अ चाइन् । हुल निःशब्द रह्यो । सबैका आँखा चलमलाइरहे । अघिल्लो दिन रणभूमिजस्तो बनेको सो स्थान आज सुनसान देखिन्थ्यो ।यो दृश्य सुन्दरहरैँचा–९ स्थित लेखनाथ ढकालको घरको हो । दिवङ्गत भतिजी लक्ष्मीको पार्थिव शरीर कुरिरहेका ढकालले हामीलाई भन्दै थिए, ‘मङ्गलबारे अस्पतालबाट लाश आउँदैछ, आजै इटहरीस्थित बुढीखोलामा दाहसंस्कार गर्ने हो ।’
सोमबार लक्ष्मीको मृत्यु भएसँगै ढकाल परिवार पीडामा छ । भाइ चुडामणि र बुहारी सबिताबीच वर्षौँदेखि खटपट हुन थालेपछि लक्ष्मीको अभिभावकत्व लेखनाथले लिएका थिए । भाइ र बुहारी अलग भएको लामो समयपछि पछिल्लो शनिबार बुहारीको फोन आयो, ‘मैले अर्कैै व्यवहार गरें । मेरो खोजी नगर्नू ।’बुहारीको फोन आउँदा भाइ घाइते भएको केही दिन भएकोे थियो । दाइले दुःखी हुँदै भने, ‘भाइको नियमित रक्सी खाने खराब लतले परिवारमा विचलन आयो ।’ सवारी दुर्घटनमा परेका भाइले औषधीको सट्टा बढी रक्सी पिएपछि थप शिथिल बनेका थिए ।
विराटनगरस्थित नोबेल मेडिकल अस्पताल लग्ने तयारी हुँदाहुँदै लक्ष्मीको शिरमाथिबाट ट्रिपर दौडियो ।सडकमा आगो बल्न थालेपछि लक्ष्मीका बुबालाई थप व्यथाले च्याप्दै लग्यो । सडकमा ढलेकी छोरी छाडेर आफ्नो उपचारका लागि चुडामणि अस्पताल पुगे ।व्यथाले गल्दै गएका उनी मङ्गलबार छोरीको अन्तिम संस्कारमा आउन सकेनन् । न त अन्तै बिहे गरेकी आमा नै छोरीको अन्तिम संस्कारमा आइन् ।दाइ लेखनाथलाई चिन्ता छ, भाइ बाँच्छ कि बाँच्दैन भन्ने । चिकित्सकले दिल्ली लग्न सके मात्र बाँच्ने बताएका छन् । तर, ग्यारेन्टी गरेका छैनन् । उनको एउटै ध्येय थियो, भाइले रक्सी नपिदिएको भए परिवार हाँसीखुशी बस्थ्यो ।

