सप्तरीको चन्द्र नहरमा पानीमा तैरिरहेको अवस्थामा १५ वर्षीया एक बालिकाको शव फेला
सप्तरीको चन्द्र नहरमा पानीमा तैरिरहेको अवस्थामा एक बालिकाको शव फेला परेको छ ।
कन्चनरुप नगरपालिका–६ क्वाटर मलेठस्थित चन्द्र नहरले बगाउँदै ल्याएको १५ वर्षीया बालिकाको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका ११ बस्ने रामचन्द्र सदाकी छोरी श्यामकुमारी सदाको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ ।
राजविराजस्थित अस्पतालमा पोष्टमार्टमपछि परिवारका सदस्यले दाह संस्कारका लागि शव बुझेका थिए ।
बालिकाको मृत्यु कसरी भयो त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी भावेश रिमालले जानकारी दिए ।

