मासिक ३० हजारमा पनि कामदार पाएनन् यी नेपाली कम्पनीले, १ लाख ५० हजारभन्दा बढी जनशक्ति अभाव



हाम्रो इकोनोमि

 

स्वदेशमा काम नपाएको भन्दै रोजगारीका लागि विदेश जाने नेपालीको संख्या बढिरहे पनि मुलुकभित्रै विभिन्न उद्योगमा भने कामदारको चरम अभाव देखिएको छ।खासगरी इँटा, हस्तकला तथा जलविद्युत् कम्पनीले एक लाख ५० हजारभन्दा बढी जनशक्ति व्यवस्थापन गर्न सरकारसँग अनुरोध गरेका छन्।

मागअनुसार श्रमिक नपाएपछि इँटा उद्योग, हस्तकला र जलविद्युत् कम्पनीले जनशक्ति व्यवस्थापन गरिदिन सरकारसँग अनुरोध गरेका हुन्।

स्वदेशको रोजगारी छाडेर विदेश जाने युवाको प्रवृत्तिका कारण उद्योगले कामदार व्यवस्थापन गर्न सकेका छैनन्। हस्तकला उद्योग र जलविद्युत् कम्पनीले सरकारसँग दक्ष नेपाली जनशक्ति अभावमा उद्योग र परियोजना बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरेको बताइएको छ।इँटा उद्योगले प्रतिमहिना ३० हजार दिने जनाए पनि २० हजार रुपैयाँ मात्र बचत हुने वैदेशिक रोजगारीका लागि विदेश नै जाने प्रवृत्ति बढ्दो छ। यो खबर आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...