सरकारले बढायो जग्गाको मूल्य : काठमाडौं, भक्तपुर र ललितपुर छोईनसक्नु



हाम्रो इकोनोमि

 

सबैतिर मुल्य बढिरहेको बेला अब जग्गापनि अछुतो रहेन ।

सरकारले नै काठमाडौं उपत्यकामा घरजग्गाको मूल्यांकन ४० प्रतिशत सम्मले बढाएपछि अब साधारण मानिसले किन्नै नसक्ने भएको छ ।

१० लाख रुपैयाँ माथिको का रोबारमा पूँजीगत लाभकर लिने निर्णय र न्यूनतम मूल्यांकन ४० प्रतिशतसम्म बढाएपछि जग्गा महँगो भएको हो ।

चाबहिल मालपोत कार्यालयले जग्गाको मूल्यांकन ४० देखि ४२ प्रतिशतसम्मले बढाएको कार्यालय प्रमुख बद्री कार्कीले जानकारी दिए।

उनका अनुसार वि गत तीन वर्षदेखि जग्गाको मूल्यांकन बढेको थिएन।

चाबहिलले कारोबार गर्ने बुढानीलकण्ठ नगरपालिकादेखि गोकर्णेश्वर र काठमाडौं महानगरपालिका भित्रका जग्गाको मूल्यांकन ४० प्रतिशत बढेको कार्कीले बताए।

मालपोत कार्यालय भक्तपुरले नगरपालिका भित्र २० प्रतिशत र अन्य ठाउँमा १५ प्रतिशत जग्गाको मूल्यां कन बढाएको छ।

मालपोत कार्यालय साँखुले १० देखि २० प्रतिशतसम्म जग्गाको मूल्यांकन बढाएको कार्यालय प्रमुख मालपोत अधिकृत किरणकुमार भट्टरार्इले जानकारी दिए।मालपोत कार्यालय ललितपुरले १५ प्रतिशत मूल्यांकन बढाएको कार्यालय प्रमुख घनश्याम उपाध्यायले बताए।

ललितपुर महानगर पालिका बाहेक धेरै वडा ग्रामिण बस्ती छ। त्यहाँ पनि जग्गाको मूल्यांकन १५ प्रतिशत सम्मले बढेको छ।

कलंकी मालपोत कार्यालयले पनि १० देखि २० प्रतिशतसम्म जग्गाको मूल्यांकन बढाएको छ। मूल्यांकन बढेपछि सबै जग्गाको मूल्य बढेको छ।

उदाहरणका लागि १० लाख रुपैयाँको जग्गाको मूल्यांकन ४० प्रतिशत बढ्दा १४ लाख पुगेको छ।

१० लाख रुपैयाँमै जग्गा किनबेच गर्दा किन्ने व्यक्तिले महानगरपालिका भित्र ५ प्रतिशत, उपमहानगरपालिकाभित्र भए ४.५ प्रतिशत र नगरपालिका भित्र ४ प्रतिशत रजिष्ट्रेसन कर तिरेर जग्गा पास गर्न सक्थे।

अर्थात् काठमाडौंको कुनै नगरपालिकामा १० लाख रुपैयाँ मूल्याङ्कन भएको जग्गा किन्दा ४० हजार रुपैयाँ कर तिरे पुग्थ्यो।

अब भने १४ लाख रुपैयाँ न्यूनतम मूल्याङ्कन पुगेपछि पाँच वर्षभित्र किनबेच हुने जग्गाको ५ प्रतिशत पूँजीगत लाभकरसहित महानगरपालिका भित्र भए १० प्रतिशत र नगरपालिका भित्र भए ९ प्रतिशत कर तिरेर मात्र जग्गा किनबेच गर्नसकिनेछ।

१४ लाख रुपैयाँ मूल्य पुगेपछि ५ वर्ष भित्र किनबेच भएको जग्गा भए एक लाख २६ हजार रुपैयाँ कर तिर्नुपर्छ।

अर्थात ८६ हजार रुपैयाँ बढी कर तिर्नुपर्छ।

यसअघि चार आना जग्गाको मूल्यांकन ४० लाख रुपैयाँ कायम गरिएको ठाउँमा अव भने १६ लाख रुपैयाँ थपिएको छ।

४० लाख रुपैयाँको तीन लाख ६० हजार रुपैयाँ कर तिरे पुग्नेमा अब ५६ लाख रुपैयाँको पाँच लाख चार हजार रुपैयाँ कर तिर्नुपर्नेछ।

मालपोत कार्यालयमै डेढ लाख रुपैयाँ कर बढी तिर्दा त्यो रुपैयाँ जग्गा खरिदलार्इ भार थपिनेछ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...