कपाल समेत मुण्डन गरेर आमाको काजक्रिया गरीन कान्छि छोरीले



हाम्रो इकोनोमि

 

नेपाली परम्परा अनुसार बाबुआमाको निधन हुँदा छोराहरुले क्रिया गर्ने चलन छ तर यहाँकी एक युवतीले आमाको क्रिया गरेकी छिन् ।

गलकोट नगरपालिका–११ रिघाकी मेनुका थापाले आमा तनकुमारी थापाको काजक्रिया गरेकी छिन् ।

क्यान्सर रोगले निधन भएकी आमाको काजक्रियामा कान्छी छोरी मेनुकाले कपाल समेत मुण्डन गरेर बिधिपूर्वक क्रिया बसेकी हुन् ।

६ वटी छोरी मध्येकी उनी कान्छी हुन् ।

५ वटी दिदीको बिवाह भैसकेकोले अविवाहित छोरीले क्रिया बसेको स्थानीय शोभा काउचाले बताईन् ।

‘शुरुमा अन्य छिमेकी दाजुभाईलाई काजक्रिया गराउन खोज्ने कुरा पनि भएको थियो’ काउचाले भनिन्, ‘छोरी आँफै तयार भएपछि खोजी गर्न परेन ।’

छोराछोरीमा जसले गरेपनि फरक नपर्ने पंडितहरुको सल्लाहपछि उनले काजक्रिया गरेको उनले बताईन् ।

क तहमा धौलागिरी बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेकी थापाले छोरा नभएको कारणले आमाको काजक्रिया रोक्न नचाहेर आँफै अगाडि सरेको बताईन् ।

६३ बर्षको उमेरमा आमाको निधन भएपछि बिवाहित अन्य छोरीहरु पनि ठाडो क्रियामा आइपुगेका थिए।बा बु कृष्णबहादुरले दुइवटी बिवाह गरेका थिए ।

अध्ययनकै क्रममा सदरमुकामस्थित एक बिद्यालयमा शिक्षण गरिरहेकी थापा आमा सिकिस्त भएपछि जागिर छाडेर स्याहारमा लागेकी थिइन् ।

तीन महिनादेखि थलिएकी आमाको स्याहार समेत उनले गरेकोले काजक्रिया गर्न आँफै अगाडि सरेको उनले बताईन्।

अर्की आमाबाट छोराहरु जन्मेका छन् ।

उनीहरु भने बाबुआमा दुवैजना जिउँदै भएकोले क्रियामा बसेका छैनन् ।

उनको चाहना र काजक्रिया देखेपछि छिमेकीले साहसी र आमाबाबुप्रतिको श्रद्धा गर्ने युवतीको रुपमा चित्रण गरेका छन् ।

उनले काजक्रिया गरेको थाहा पाए पछि आफन्तसहित सामान्य चिनजान भएका र टाढाबाट पनि भेट्न गएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...