दुर्घटनामा ज्यान गुमाउनु पाँच महिनाअघिनै स्वर्गको बास मागेका थिए एसपी पोखरेलले



हाम्रो इकोनोमि

 

 

सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको शनिबार बारामा भएको स्कारपियो दुर्घटनामा मृत्यु भएको छ । पोखरेलले पाँच महिना अघि सुप्रवल जनसेवा श्री पदक पाएपछि अाफ्नो फेसबुक वालमा स्वर्ग जाने इच्छा व्यक्त गरेको भेटिएको छ । उनले सेप्टेम्बर ४ तारिखमा फेसबकुमा एउटा कवितात्मक स्टाटस पोस्ट गर्दै स्वर्गमा बास मागेका थिए ।

 

पोखरेलले कवितात्मक शैलीमा लेखेका थिए

सन्तोष गर्ने ठाउँ छ हजुर सबै चिज पाइयो

कुमाल गाउँबाट उदायर काठमाडाैँसम्म अाइयो

महाराजगञ्जमा दाैडधुप गर्दै असइमा जागिर खाइयो

एक वर्ष तालिमपछि काँधमा फुली लाइयो

२७ वर्षे जागिरे जीवन हाँसिखुशी बिताउँदै एसपी पनि भइयो

संगठनले पत्याएरै होला गोरखा दक्षिणबाहु हुँदै जनसेवा श्री पनि पाइयो

सानो गाउँदेखि सुरू गरेको यात्रा, युरोप, युएस हुँदै अफ्रिकामा पनि छाइयो

अब त अन्तिम इच्छा के छ ? भनेर चित्र गुप्तले सोधेछन भने

भन्ने मन छ हजुर, अब स्वगर्गको बास चाहियो !

 

 

पोखरेलको दुर्घटनामाम मृत्यु भएपछि धेरैले उनको त्यो पुरानो स्टाटस स्क्रिनसट गरेर सेयर गर्दै श्रद्धाञ्जली व्यक्ग गरिरहेका छन । शनिबार कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा पोखरेल चढेको गाडी दुर्घटनामा परेको थियो ।

 

दुर्घटना लगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा लगिएका पोखरेललाइ चिकित्सकले मृत घोषणा गरेका थिए । सिडिओ भट्टराईसहति अन्य तीन जना गम्भीर घाइते भएका छन । अन्य घाइतेमा गाडी चालक जगत पट्टेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङ रहेका छन ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...