बच्चाहरूलाई मोबाइल दिनु कतिको घातक ?



हाम्रो इकोनोमि

 

कागेश्वरी मनहरा बस्दै आएकी रबिता केसी ३ वर्षीय छोराको हर्कतले वाक्क भएकी छन् ।

मोबाइल नभई खाना नखाने, गृहकार्य नगर्ने र परिआए रातभरि मोबाइलमा भिडियो हेरेर बसिदिने ।

भर्खरै ३ वर्षको छोरालाई मोबाइल को त्यस्तो लत लागेपछि कुुन बावुआमालाई पीर नलाग्ला ? रबिता त यस्तो समस्याको प्रतिनिधि पात्रमात्र हुन् ।

अहिलेको समयमा औसत बावुआमाको हालत यस्तै छ ।मूलतः बच्चाहरूको पहिलो विद्यालय घर हो र गुरु पनि बावुआमा हुन् ।

प्रविधिले छोपेकोे अहिले को समयमा बच्चादेखि बुढा सबैलाई प्रविधिले दास बनाएको छ ।

‘स्मार्टफोन’ को दुनियाँमा आफ्नै घरका सदस्यबीच कुराकानी हुन छोडिसकेको छ । औसत अभिभावक बच्चाहरूलाई भुुलाउन या आफ्नो काम गर्न उनीहरूलाई मोबाइल दिइहाल्छन् ।

यसले गर्दा बच्चालाई पनि सजिलो र अभिभावकलाई त गज्जब नै भयो । आफू पनि सामाजिक सञ्जालमा एकछिन भएपनि ‘एक्टिभ’ हुन पाइयो । तर, त्यतातिर ‘एक्टिभ’ हुँदा आफ्नो परिवारको अभिन्न सदस्य ‘प्यासिभ’ भएको सायदै कसैलाई हेक्का रहेला ।

विशेष गरेर ६ वर्षभन्दा मुनिका बालबालिकालाई भौतिक यन्त्रको दासी बनाउँदा क स्ता समस्या उत्पन्न हुन्छ भन्ने सन्दर्भमा मनोविद् पुष्पा अधिकारी भन्छिन्, ‘यसले बच्चाहरूमा शारिरीक र मानसिक दुवै असर हुन्छ ।

विशेषगरी घरमा अभिभावकले यस्ता कुरामा बढी ध्यान दिनुपर्ने हुन्छ ।’‘सुरुवाती दिनहरूमा आफैं मोबाइल दिन बानी लगाउने र पछि बानी परेपछि बच्चालाई गाली गर्ने प्रवृत्ति छ ।

तर यसमा बच्चाको केही दोष हुँदैन’, उनले भनिन् । अधिकारीका अनुसार ब च्चाले अभिभावकको बोलीबाट भन्दा पनि उनीहरूले दैनिक रूपमा गर्ने व्यवहारबाट चाँडै सिक्छन् । त्यसकारण अभिभावकले आफू कसको अगाडि के गर्दै छु भन्ने कुरामा विशेष विचार गर्नुपर्छ । उनले बताएअनुसार यस्ता गतिविधिले गर्दा बच्चाहरू रिसाउने, करा उने, हिंस्रक गतिविधि देखाउनेजस्ता क्रियाकलाप पनि गर्ने गर्छन् ।

अधिकारी आफैंले पनि त्यस्ता धेरै बालबालिकाको समस्या समाधान गरिसकेकी बताउँछन् । विशेषगरी अहिलेको बच्चाहरूमा, ‘लर्निङ डिस्याब्लिटी’, सामाजिक व्यवहार नहुुनु, मोटोपना, मस्तिष्क सुस्त हुने जस्ता समस्या प्रमुख रहेको उनले बताइन् ।मोबाइल र आइप्याडमा धेरै समय बिताउने बच्चाहरू एक्लै बस्न रुचाउने हुन्छन् । जसले गर्दा पछि डिप्रेसन हुन्छ । पढ्ने अभिभावकको बच्चा पढ्ने नै भएको पाइएको पनि उनले जिकिर गरिन् । उनले थपिन्, ‘अभिभावकले जतिबेला पनि मोबाइल चलाएको देख्छ भने बच्चा ले पनि त्यही गरिरहेको हुन्छ ।

बिग्रेपछि मात्र कम्लेन गर्ने बानी छ, जुन एकदमै नराम्रोे हो ।’एक अनुसन्धानले रेडिएसनले बच्चाहरूको मस्तिष्कलाई ६० प्रतिशतभन्दा बढीे प्रभाव पारेको पत्ता लगाएको छ । जुन वयस्कको तुलनामा पनि धेरै हो । मस्तिष्कको पातलो छालालाई चाँडै त्यसलाई अ सर गर्दा त्यसले खतरनाक विकिरणहरू उत्पन्न गर्न सक्छन् ।विशेषगरी ६ वर्षसम्मको उमेरलाई आधारभूत शारिरीक विकासको समय मानिन्छ । यो समयमा बच्चाहरूले आफ्नो जीवन निर्वाह गर्नका लागि चाहिने सीपहरू सिक्छन । यसबारेमा अर्का बाल मनोविद् गंगा पाठक भन्छिन्, ‘यो उमेरका बच्चा एकदम काँचो हुन्छन् ।

यसै समयमा बच्चाहरूको दिमागको चिपमा जे हाल्यो त्यही हुन्छ । बच्चाहरूलाई कुन तरिकामा विकास गराउने अभिभावकको हातमा भर पर्छ । यो उमेरमा सकेसम्म उनीहरूको शारिरीक अंगहरू जस्तै आँखा, कान र हातलाई एक्सरसाइज र मुभमेन्ट धेरै गराउ नुपर्ने हुन्छ । त्यो गरायो भने बच्चा स्वस्थ हुन्छ ।’उनले थपिन्, ‘सर्वप्रथम त टेक्नोलोजीलाई कस्तो प्राथमिकता दिने भन्न्ने कुराको चेतना हुनुपर्छ । खाँदा, सुत्दा, गफ गर्दा बच्च्चालाई मोबाइल दिएर औसत अभिभावकले भुलाउने गर्छन् । त्यसले अभिभावकलाई सहज बनाइदिएको छ ।

तर, सँगसँगै त्यसले बच्चाहरूमा खराब लत बढाउँछ । यदि उनीहरूलाई मोबाइल नदिने हो भने अभिभावकले बढी समय दिनुपर्छ । यस विषयमा अभिभावकहरू तयार नै छैनन् । धेरै अभिभावकहरूले त्यसले निम्त्याइरहेको समस्यालाई नबुझेको कारण त्यसो भइर हेको छ ।’उनका अनुसार, धेरै समय मोबाइल या कम्प्युटरमा बिताउने बच्चामा मान्छेको जमघटमा बस्ने र खुल्ने प्रवृत्ति हुँदैन । उनीहरूको सोच्ने क्षमता पनि नाश हुन्छ । त्यस्ता बच्चाहरू एकदम रिसाउने, चिढचिढापन देखाउने जस्ता समस्याबाट ग्रसित हुन्छन्।ब च्चाले दौडिएर वा चलेर सिक्ने चिज हुँदैन ।

उनले भनिन्, ‘औँलाले मोबाइल मात्र चलाउँदा मस्तिष्कमा सिर्जना हुने अरू आनन्दको कुरा दबिन्छ र त्यहीसँगमात्र झुलिरहेको हुन्छ । बच्चा सुस्त हुन्छ र बच्चामा स्फूर्ति हुँदैन ।’विदेशमा बच्चा पाउनुअघि उनीहरूलाई कसरी हुर्काउने र उनीहरूको शारिरीक वि कासमा कसरी ध्यान पु¥याउने भन्नेबारे तालिम वा ज्ञान आर्जन गरेपछि मात्र बच्चा जन्माइन्छ । जन्मिएको छोटो समयमै विद्यालय पठाउन नपाइने नियम पनि राज्य तोकिदिएको छ । तर, नेपालको सन्दर्भमा कति अभिभावकलाई बच्चा कसरी हुर्काउने भन्नेबारे वैज्ञानि क ज्ञान एकदम कम हुने डा. पाठक बताउँछन् ।अहिलेको समयमा जन्मिएका बच्चा र पहिलाको बच्चा फरक हुन्छन् ।

त्यसकारण यही परिवेशमा रहेर बच्चाको हुर्काइ बढाइ गर्नुपर्नेमा उनले जोड दिइन् । मूलभूत रूपमा अहिले मिलिजुली परिवारिक संस्कृति पनि हराउँदै गएको अवस्था छ । जसकारण कतिपय बच्चाहरूले घरमा अन्तरसंवाद गर्ने वातावरण नै पाउँदैनन् ।नेपालको परि वेशमा सानै उमेरमा हुर्काउने क्रममा नै अभिभावकहरूले गल्ती गर्ने गरेको डा. पाठकको बुझाइ छ । विशेषगरी ६ वर्षसम्मको अवधिमा अभिभावकले आफ्नो समय शत प्रतिशत दिएर लाग्नुपर्ने उनले बताइन् । तर यसबारे धेरै नेपाली अभिभावकको अनभिज्ञ रहेको पनि उनले बताइन् ।

दुःखित मुद्रामा उनले भनिन्, ‘कति वर्षमा पढाउने, अर्र्को बच्चा जन्मायो भने कसरी मिलाउने, कुन उमेरमा के सिकाउने भन्ने कुराको त ज्ञान नै छैन ।’कुनै बच्चाहरू असाध्यै चकचके हुन्छन् । धेरै चकचके हुनुको पनि केही कारण छ ? भन्ने प्रश्नमा उनले भ निन्, ‘न्युरोलोजिकल डिसअर्डरले गर्दा कोही बच्चाहरू धेरै चकचके हुन्छन् । मस्तिष्कमा भएको नर्भ अस्थिर भएर यस्तो हुन्छ । यस्तो समस्यालाई अटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर भनिन्छ । तर हाम्रोमा त्यही बच्चालाई अभिभावकले स्मार्ट भन्छन् ।’

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...