अमेरिकी हस्तक्षेप मुर्दावाद भन्दै दूतावास अगाडि विरोध



हाम्रो इकोनोमि

 

 

अमेरिकन साम्राज्यवाद विस्तार विरोधी संगठन भनिने समूहले अमेरिकी दूतावास महाराजगञ्ज अगाडि विरोध प्रदर्शन गरेको छ । शनिबार दिउँसो उनीहरु दूतावास अगाडि भेला भई विरोध प्रदर्शन गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाको राष्ट्रपतिमा विपक्षी नेतालाई समर्थन जनाएपछि ट्रम्पको चौतर्फी विरोध भएको छ ।

 

सोही क्रममा सो समूहले अमेरिकी हस्तक्षेप मुर्दावाद भन्दै विरोध प्रदर्शन गरे । उनीहरुले अमेरिकी साम्राज्यवादविरुद्ध एक हौं, अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्दै दूतावास अगाडि विरोध प्रदर्शन गरेका थिए ।

 

गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

विवेकशील नेपाली दलले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरित सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको उल्लेख गर्दै शनिबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

 

माफियाको सर्वोच्चता कामय हुनेगरी डा. केसीसँग गरिएको सहमति विपरित सो विधेयक पारित गरिएको भन्दै विवेकशील नेपाली दलले शनिबार काठमाडौंको माईतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ¥यालीसहितको विरोध प्रर्दशन गरेको हो ।

 

गोविन्द केसीसँग गरिएको सहमति विपरित सरकारले माफियाको सर्वोच्चता हुनेगरी विधेयक पारित गरेपछि त्यसको विरोध गर्नु परेको दलका अध्यक्ष उज्वल थापाले जानकारी दिए ।

 

प्रर्दशनका क्रममा दलका नेता÷कार्यकर्ताले डा. केसीसँग गरिएको सहमति विपरित विधेयक पारित गरिएको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै चर्का नाराबाजी समेत गरेका थिए ।

 

दलले संसदीय सर्वोच्चताको नाममा माफियाको सर्वोच्चता हुने गरी सो विधेयक पारित गरिएको उल्लेख गर्दै नागरिक सर्वोच्चता स्थापित गराउन सडक संघर्ष सुरु गरिएको पनि स्पष्ट पारेको छ । अध्यक्ष थापाले सरकारले अनसनरत डा. केसीको माग सम्बोधन नगरेसम्म सडक संघर्ष जारी राख्ने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...