आज देशका अधिकांश ठाउँमा दिनभर पानी पर्ने



हाम्रो इकोनोमि

 

शुक्रबारदेखि नै देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशभरीकै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार शनिबार केहीबेर मौसम खुले पनि फेरि बदली भई पानी पर्नेछ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको उनले जानकारी दिएका छन् ।

यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने मौसमविद् प्रधानाङ्गले बताए । आइतबारदेखि भने देशभरीकै मौसममा सुधार आउने उनको अनुमान छ । पानी पर्न रोकिएपछि बिहान बेलुकी भने चिसो बढ्ने छ ।

 

मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर युवती मृत्यु

मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर तनहुँमा गए राति एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रिसिङ गाउँपालिका–१ सेटाङका २० वर्षीया मीरा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अबिरल वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यता दमौलीको व्यास नगरपालिका–१३ बेलवासमा गए राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मी साविक फोक्सिङ गाविस–५ का २२ वर्षीय सूर्य नेपाली रहेका छन् । कोइदिमबाट दमौलीतर्फ आउँदै गरेको ग १ त ४६७१ नम्बरको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचेर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने नेपालीको शव दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...