डिभोर्सी महिला देखि धनाढ्यकी श्रीमति सहित पाँच सय महिलासँग शारीरिक सम्बन्ध राखेका रविन प्रहरी फन्दामा



हाम्रो इकोनोमि

 

लोकदोहोरी गीत गाउन जान्ने, हट्टकट्टा जिउडाल भएका रविन कुमार चिमरिया मंसिर १ गते नेपालगञ्ज पुगेका थिए । मस्तीमा रमाउन बानी परेका चिमरिया नेपालगञ्जको एक दोहोरी साँझमा छिर्छन् । त्यहाँ एक अधवैंशे महिला सँग उनको भेट हुन्छ । बासिका (नाम परिवर्तन)सँग नम्बर साटासाट गर्छन् । पहिलो भेटमै बासिकालाई उनले आफू अष्ट्रेलियामा बस्ने र नेपालगञ्जका शिक्षकहरुलाई त्यहाँको शिक्षा विधि सिकाउन आएको बताउँछन् । दोहोरी साँझमा चिमरियाले बासिका लठ्याउने स्वरमा दोहोरी गाए ।

 

उनी चिमरीयासँग लठ्ठै भइन् । उनले पहिलो भेटमै रविनसँग आफ्नो इति वृतान्त सुनाइन् । अन्तमा रविनलाई भनिन्, ‘तपाई त्यति ठुलो मान्छे नेपालगञ्जको सबैभन्दा राम्रो होटलमा बस्नुस् ।’ बासिकाले नै होटल खोजेर राखिदिइन् । दोस्रो दिन बासिका पनि त्यही होटलमा बस्न पुगिन् । करिब एक साता नेपालगञ्ज बसाईमा रविनले बासिकाको मन जित्न सफल भए । नेपालमा अष्ट्रेलियन स्कुलहरुको शाखा खोल्ने भन्दै बासिकासँग १७ लाख लिएर नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडे । बासिका डिभोर्सी हुन् । मंसिर १ गते रविन पसेको दोहोरी उनकै थियो ।

 

अष्ट्रेलियन स्कुलको शाखा खोल्ने, विवाह गर्ने आश्वासन पाएपछि उनले दोहोरी साँझ नै बेचेर सबै पैसा रविनलाई सुम्पेकी थिइन् । तर, १७ लाख लिएर आश्वासनसहित जहाज चढेका रविन सम्पर्कबिहीन भए । अनि बासिका ठगीको जाहेरी बोकेर महानगरीय अप राध महाशाखा काठमाडौंमा आइपुगिन् ।

 

बासिकासहित अन्य तीन जना अधवैंशे महिलाको जाहेरीपछि महानगरीय अपराध महाशाखाले पाँचथर फलैंचा गाउँपालिका–४ स्थायी घर भएका रविन कुमार चिमरियालाई पक्राउ गरेको छ । ३७ वर्षीय चिमरियालाई जबर्जस्ती करणी तथा ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिए ।

 

ग्राहक नम्बर – २ : नक्सालास्थित थकाली रेष्टुरेण्टमा पुष्पा (नाम परिवर्तन)सँग रविनको भेट हुन्छ । पुष्पाको श्रीमान दक्षिण कोरियामा छन् । रेष्टुरेण्टमा खाने, हिड्ने पुष्पाको ग्रुप नै छ । खाना खाने क्रममा आँखा जुधेपछि रविनले पुष्पालाई लामो समय उपभोग गरे, त्यो पनि पैसा लिएर । श्रीमान विदेश भएका, डिभोर्सी महिलाहरु र श्रीमानको मृत्यु भएकालाई निशाना बनाउने चिमरियाले अनेक बहानामा पुष्पासँग ८० लाख लिए । फरक महिलालाई फरक फरक पेसा बताउने रविनले पुष्पालाई आफू बेलायतको चर्चित व्या पारी र एनआरएनको सदस्य भएको बताएका थिए ।

 

अनुसन्धानमा काठमाडौंको स्वयम्भु बस्ने ३७ वर्षीय चिमोरिया जिगोलो अर्थात पुरुष वेश्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको बारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृत भन्छन्, ‘अहिलेसम्म उसले पाँच सय महिलासँग शारीरिक सम्पर्क गरिसकेको हामीसँगको बयानमा स्वीकारेका छन् ।’टिप–टप ड्रेसअपमा हिँड्ने चिमरिया काठमाडौंका डिस्को र डान्सबारमा लगातार जान्छन् । मोजमस्ती उनको शौक हो । उनी श्रीमान स्वदेशमै भएर पनि रात्री क्लबहरुमा गएर खाने पिउने अधवैंशे महिलाहरुलाई साथ दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

‘केटीहरुको ग्रुपसँगै खाने पिउने उनको शोख रहेछ’ अपराध महाशाखाका प्रमुख (एसएसपी) सिंह भन्छन्, ‘महिलाहरुसँग मोजमस्ती गर्ने पैसा पनि लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, थप अनुसन्धान भइरहेको छ ।’ प्रहरीका अनुसार सात जना एकल महिलालाई विवाह गर्छु भनेर लाखौं ठगेको भन्दै प्रहरीको सम्पर्कमा पुगिसकेको छ ।

 

चिमरिया एकदिन काठमाडौंको एउटा डान्सबारमा पुग्छन् । स्मार्ट ड्रेसअपमा त्यहाँ पुगेका उनी र डान्सबारमा नाच्ने एक नर्तकीसँग हिमचिम हुन्छ । उमेरले २०–२५ पुगेकी डान्सर युवतीलाई उनले आफू बेलायती लाहुरे भएको र विवाह गरेर उनलाई पनि बेलायत लैजाने आश्वासन दिन्छन् ।

 

अनि तीन महिला डान्सरकै फ्ल्याटमा बस्छन्, डान्सरसँग भएको सबै पैसा लिएपछि उनी सम्पर्कबिहीन हुन्छन् । ८ वर्षअघि विवाह गरेका चिमरियाको तत्काल सम्बन्ध विच्छेद भएको बताइएको छ । पछिल्लो समय स्वयम्भुमा बस्दै आएका उनको लामो समयदेखि पेसा व्यावसाय छैन् । एकल र पैसा भएका महिलालाई टार्गेट गरेर मोजमस्ती गर्ने अनि, पैसा लिएर हिँड्ने चिमरियाले धेरैलाई अष्ट्रेलियन स्कुलको शाखा नेपाल ल्याउने र त्यसका लागि नेपालका मुख्य शहरमा रहेको स्कुल अनुगमन गर्न आएको भन्दै प्रभावमा पार्ने गरेका थिए ।

 

सामान्य ८ कक्षासम्मको शिक्षा लिएका चिमरिया बारे बलात्कार, ठगी र जबर्जस्ती चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडितको जाहेरीपछि पुस २६ गते पक्राउ परेका चिमरियालाई करिब ५ महिनाअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी मुद्दा चलाएको थियो । उनीविरुद्ध एक महिलाले इलाका प्रहरी कार्यालय धरानमा समेत ठगी मुद्दा दायर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...