बिहान ८ बजे सम्म सुत्ने बानी भएकी मेरी छोरी भोलि बिहान देखि उठ्न सक्ली कि नसक्ली ?



हाम्रो इकोनोमि

 

बिहान ८ बजे सम्म सुत्ने बानी ,
भएकी मेरी छोरी भोलि बिहान देखि उठ्न सक्ली कि नसक्ली ?

साना साना कुरामा रमाउन जानेकी मेरी छोरी
अब भोलीबाट सबैको मन बुझाउन सक्ली कि नसक्ली ?

यो कुरा भएन , त्यो कुरा भएन भनेर
साना साना कुरामा झनक्क रिसाउने मेरी छोरी
आफ्नो रिसलाई सम्हालेर दुख सुख पार गर्दै
अघि बढ्न सक्ली कि नसक्ली ,?

आँखा बाट अहिलेसम्म आँसु नझारेकी मेरी छोरी
नयाँ ठाँउ , नयाँ परिवेसमा , नयाँ मान्छेलाई
खुसी बनाउन सक्ली कि नसक्ली ?
एकछिन बरालिँदा कराउने उसकि आमा ,
रिसाउँदा फकाउने उसको बुबा ,
र सम्झाइ बुझाइ गर्ने उसको दाइ ,
हुन्थ्यो सँगै
अब साना गल्ती लाई माफ गरि
सम्झाइ बुझाइ गर्ने कोही होला कि नहोला भोली देखि ?

छोरीले ले आफ्नो कर्म गरेर
सबैलाई खुसी राख्दै ,आफ्नो जीवन चलाउन सक्छे कि सक्दिन होला ?

सोच्दा सोच्दै , एकदिन छोरीलाई
आफ्नो काखबाट बिदा गर्ने बेला हुन्छ ,
आफ्नो हातबाट अरुको हातमा सुम्पिने बेला हुन्छ ,
आफ्नो आँखामा भएकी छोरीलाई
आँखाभरी आँसु पररेर बिदा गर्ने बेला हुन्छ
आफ्नो मनमा राखेकी छोरीलाई
मन भक्कानिएर बिदा गर्ने बेला हुन्छ !

र पहिलो पटक आँसु बग्छ बुबाको आँखाबाट !

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...