प्रधानमन्त्री कार्यालयबाटै राष्ट्रिय गौरवका आयोजना सिसिटिभिबाट निगरानी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय गौरवका आयोजनाहरुको लाइभ मनिटरिङ  (प्रत्यक्ष निगरानी) गर्ने भएको छ । यसका लागि कार्यालयसहित राष्ट्रिय गौरवका मुख्य ११ वटा आयोजनामा ‘टेलिप्रिजेन्स सिस्टम’ जडान हुने भएको छ ।

 

टेलिपि्रजेन्स भनेको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ हो । प्रधानमन्त्री कार्यालयले प्रदेशका मन्त्रालयहरुसित सिधा सम्वाद र राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष निगरानी गर्न सकिने गरी यसको जडान गर्न लागेको हो ।

 

चिनियाँ कम्पनी हुवावेको चाइना कम सर्भिसेस (सीसीएस) यो सिस्टम जडानका लागि जिम्मा दिन लागिएको थियो । तर, कम्पनीले पर्फरमेन्स बन्ड नराखेपछि बिहीबार नयाँ टेण्डर निकालिएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले अबको ३ महिनाभित्रै यो सिस्टम जडान हुने बताए । त्यसपछि प्रधानमन्त्री कार्यालयले गौरबका आयोजनाको निगरानी काठमाडौंबाटै गर्ने र प्रदेश सरकारसँग सम्बाद बाक्लो बन्ने उनको दावी छ ।

 

प्रवक्ता कुँवरका अनुसार पहिलो चरणमा ११ राष्ट्रिय गौरवका आयोजनाको मुख्य कार्यक्षेत्रमा क्यामेरासहितको यो सिस्टम जोडिने छ । मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी-बबई डाइभर्सन आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र सिक्टा सिँचाई आयोजनाको निर्माणस्थलमा यो सिस्टम जोडिनेछ ।

 

यस्तै रानीजमरा सिँचाइ आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग र काठमाडौं-तराई द्रुतमार्ग आयोजनाको पनि प्रत्यक्ष निगरानी गर्ने योजना प्रधानमन्त्री कार्यालयको छ ।

 

‘हामीलाई अहिले सबै राष्ट्रिय गौरवका आयोजनाले एक-एक महिनामा अनलाइनमै विवरण दिनुहुन्छ तर, काममा ढिलाइ हुन नदिन हामी पनि भौतिक प्रगति लाइभ हेर्न सकिने गरी यो सिस्टम जडान गर्दैछौं,’ कुँवरले भने, ‘यसपछि आयोजनाहरुमा हुने ढिलाइ र लापरवाही घट्छ भन्ने विश्वास छ ।’

 

हाल राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक छैन । भुक्तानीका आधारमा प्रगति देखाउँदा भौतिक प्रगतिबारे सम्बद्ध मन्त्रालय र प्रधानमन्त्री कार्यालय गुमराहमा पर्ने गरेको छ ।

 

यस्तै प्रदेश सरकारलाई परेका समस्या तथा उनीहरुको मागहरु सुन्न र दुई पक्षीय समन्वयका लागि पनि टेलिप्रजेन्स सिस्टम आवश्यक रहेको कुँवरको भनाइ छ । ‘आवश्यक पर्दा प्रधानमनत्रीले प्रदेशका मुख्यमन्त्री र मन्त्री ज्युहरुलाई यहीँबाट सम्बोधन गर्न सक्नुहुन्छ, मुख्य सचिवज्यूले प्रदशका सचिवज्यूहरुसँग पनि यहीँबाट कुराकानी गर्न सक्नुहुन्छ,’ उनी भन्छन्, ‘प्रविधिको प्रयोग गरेर अन्तरसरकारी समन्वयलाई बलियो बनाउन यो उपयोगी हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...