आफ्नो छवि सुधार गर्दै पारस शाह



हाम्रो इकोनोमि

 

 

पूर्व युवराज पारस शाहले आफ्नो छविलाई सुधार गर्दै लगेका छन् । पारसले आफूलाई सामाजिक गतिविधिहरूका साथै सर्वसाधारण जनताहरूसँग सकेसम्म नजिक लैजाने प्रयास गर्दै आएका छन् ।

विदाका दिनहरूमा पूर्व युवराज पारस गोदावरी नगरपालिकातिर बाक्लै देखिने गरेका छन् । पारस बेला–बेला सातदोबाटो हुँदै चापागाउँतिर हानिने गरेका छन् ।

चापागाउँ भन्दा अलिक माथि गएपछि एउटा फार्म हाउस आउँछ । त्यहि फार्म हाउसमा दिनभरि पारसले बिताउने गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

चापागाउँभन्दा माथिको जंगलमा रहेको फार्म हाउस शाही सरकारका पूर्व सहायक मन्त्री निक्षशम्शेर राणाको हो । राणाले नै पारसलाई आफ्नो फार्म हाउसमा बोलाएर रमाइलो गर्ने गरेका हुन् ।

स्रोतका अनुसार पूर्वयुवराज पारसले काठमाडौंको कोलाहलबाट बच्नका लागि शान्त ठाउँमा जाउँ भनेर त्यतातिर जान थालेको आफ्ना साथी र सहयोगीहरूलाई भन्ने गरेका छन् । राणाले पनि पारसकै आग्रहमा फार्म हाउसमा लैजाने गरेको बताउने गरेका छन् ।

फार्म हाउसभित्र पारसले के–के गर्छन्, त्यो भने केही खुलेको छैन । तर, फार्म हाउसमा विभिन्न थरी खानपानको व्यवस्था गरिएको हुन्छ । स्रोतका अनुसार पूर्व सहायकमन्त्री राणाले पूर्वयुवराज पारसलाई जंगली बँदेल, कालिज, चित्तल आदिको मासुको व्यवस्था गर्छन् ।

त्यतिमात्रै होइन पूर्वयुवराज पारसले मदिरा सेवन पनि गर्ने गरेको बताइन्छ । दाह्रीजुँगा सेतै फुलेका राणा अहिले पनि हृष्टपुष्ठ देखिन्छन् । आफ्नो स्वास्थ्यलाई मेन्टेन गर्दै आएका राणा र पूर्व युवराज पारस चापागाउँ भन्दा माथिको जंगलमा रहेको फार्म हाउसमा अरु कुनै पनि व्यक्ति सँग बोल्दैनन् ।

पछिल्लो समय पारस र राणाबीच सम्बन्ध सुमधुर बन्दै गएको छ । पारसले राणासँग राजनीतिक र अन्य विविध विषयमा सरसल्लाह लिने गरेका छन् ।

पारस र राणाबीच विशेष गरेर शनिबारका दिन फार्म हाउसमा भेटघाट हुने गरेको छ । बिहान एघार बजेतिर पारस र राणा आ–आफ्ना गाडी चढेर फार्म हाउसमा आउने गरेको चापागाउँका एक जना प्रत्यक्षदर्शीले बताए ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...