काभ्रेको संखुमा बस दुर्घटना, २७ भन्दा बढी घाइते, दुई गम्भीर



हाम्रो इकोनोमि

 

 

काभ्रेको पनौती नगरपालिका- ९ संखुमा बुधबार दिउँसो बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। संखुबाट पनौती बसपार्कतर्फ जाँदै गरेको बा २ ख ५२१२ नम्बरको बस सडकबाट दुई मिटर तल खस्दा दुर्घटना भएको स्थानीय नमराज सापकोटाले जानकारी दिए।

उनका अनुसार बसमा सवार २७ जना घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको बनेपास्थित शिरमेमोरीयल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बसमा ४० यात्रु सवार रहेका थिए। बस चिफ्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...