पोखरामा ५० जना भन्दा बढीबाट ३ करोड ठगेर भागेकी महिलालाई काठमाडौंबाट पक्राउ (भिडियो)



हाम्रो इकोनोमि

 

पोखरा ५० जना भन्दा बढीबाट ३ करोड रुपैयाँ ठग्ने १ महिलालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

१ महिनादेखि सम्पर्कविहीन सरीता विरुद्ध माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी परेको थियो । पहिला सापटी माग्ने अनि रकम नभएको खाताको चेक दिने र कसैकसैलाई पैसा नै नदिएर सरीताले झुक्याउँदै आएको पीडितहरुले बताएका छन् ।

पोखरा महानगरपालिका २६ र २७ का जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुनथापा, चन्द्रबहादुर सुनार, दिलमाया पुन लगायत १० जनाले आपूmहरु सरीताबाट ठगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका उजुरी दिएका थिए ।

 

 

राजधानीमा स्वाइन फ्लुबाट एकको मृत्यु, अर्का एकलाई एयरलिफ्ट गरेर भारत लगियो, सयौँ विरामी

 

राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ।चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–एच १ एन १’ भनिन्छ। चिकित्सकहरूले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन् जटिल रहेको दाबी गरेका छन्।

 

ओम अस्पतालको आईसीयूमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको छ । तीन दिनअघिसमेत ओमकै आईसीयूमा रहेका एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत लगिएको थियो। यो खबर आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।

 

राजधानीमा अहिले स्वाइन फ्लु प्रकोपकै रूपमा देखिएकाले यसबाट प्रभावित भएर जटिल स्वास्थ्य अवस्थामा पुग्ने र मृत्यु हुने घटनामा वृद्घि भएको छ । ‘हामीकहाँ आइपुग्नेमध्ये करिब २५ प्रतिशत बिरामी रुघाखोकी तथा छातीको संक्रमणका हुन्,’ ओम अस्पतालका निर्देशक डा। केपी देवकोटाले भने, ‘आज (सोमबार) स्वाइन फ्लुले मृत्यु भएकी महिलामा यसअघि कुनै जटिल स्वास्थ्य समस्या थिएन ।’

 

ती महिला दुवै फोक्सोमा संक्रमण (निमोनियाँ) भएपछि अस्पताल आइपुगेको जनाउँदै डा. देवकोटाले भने, ‘मौसमी इन्फ्लुएन्जा भएर आउने बिरामी गम्भीर वा निमोनियाँ भएरै आउने गरेको देखिएको छ ।’ एक्कासि स्वाइन फ्लुको प्रकोप बढेपछि ओम अस्पतालले आफ्नो आईसीयू र इमर्जेन्सीका सबै कर्मचारीलाई ‘फ्लुविरुद्घको खोप’ समेत दिएको छ।

 

गत पुस १७ देखि राजधानीमा स्वाइन फ्लु बढेको देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. हरिशचन्द्र उप्रेती स्विकार्छन् । उनका अनुसार हाल मौसमी रुघाखोकीको पहिचान गर्न घाँटीको र्‍यालको नमुना दिनेमध्ये करिब आधा जतिमा इन्फ्लुएन्जा ए–एच१एन१ देखिएको छ ।

 

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०७५ मंसिरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको घाँटीको र्‍यालको नमुना परीक्षण गरिएकामा १ सय ६८ जना बिरामीमा इन्फ्लुएन्जा प्रमाणित भएको हो ।

 

तीमध्ये १ सय ४६ जनामा इन्फ्लुएन्जा ए–एच१एन१ ९स्वाइन फ्लु०, ९ जनामा इन्फ्लुएन्जा ए एच३ र १३ जनामा इन्फ्लुएन्जा बी प्रमाणित भएको हो। तर ईडीसीडीले हालसम्म इन्फ्लुएन्जाले एक जनाको मात्र मृत्यु भएको दाबी गरेको छ । स्वास्थ्यकर्मीहरू भने सरकारले स्वाइन फ्लुको वास्तविक स्थिति लुकाउन खोजेको आरोप लगाउँछन् ।

 

सरकारको दाबीभन्दा धेरै बढी राजधानीका अस्पतालहरूका आईसीयूमा भर्ना भएका स्वाइन फ्लु संक्रमितको मृत्यु भएको स्वास्थ्यकर्मीहरूले औंल्याएका छन् । उनीहरूले उपचारमा संलग्न थुप्रै चिकित्सक, स्वास्थ्यकर्मी नै स्वाइन फ्लुबाट प्रभावित भएको दाबी गरेका छन् ।

 

ग्रान्डी इन्टरनेसनल हस्पिटल, इमर्जेन्सी विभागका प्रमुख डा। अजयसिंह थापासमेत यसै साता स्वाइन फ्लुले गर्दा आफ्नै अस्पतालमा भर्ना भए । उनी नियमित एन्टिभाइरल औषधिको उपचार प्रक्रिया गरेर पूर्ण निको भए ।

 

माेरङमा ग्याँस वाईल्डिङको ड्रम पड्किदा १ को मृत्यु

 

मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ग्याँस वेल्डिङको ड्रम पड्किएर १ को मृत्यु भएको छ । मंगलबार बिहान ८.५० बजेको समयमा सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका सोही स्थान बस्ने बर्ष ३७ को मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

 

वेल्डिङको ड्रम पड्किएर शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...