काठमाडौं केन्द्रविन्दु भएर भूकम्पको धक्का



हाम्रो इकोनोमि

 

काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान साढे ११ः२६ मा काठमाडौं केन्द्रबिन्दुमा ३.३ म्याग्निच्युटको पराकम्प गएको हो ।

 

प्रचण्ड बुहारी बिनालाइ भर्खरै अस्पताल भर्ना : आखिर के भो ?

काठमाडौं । खानेपानी मन्त्री विना मगर अस्पताल भर्ना हुनु भएको छ । रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगर ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना हुनु भएको हो । उहाँको उपचार जारी छ ।

 

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ । मन्त्री मगरकी सासुआमा सीता दाहाल पनि गम्भीर बिरामी हुनुहुन्छ र उपचार जारी छ ।

मन्त्री मगरका ससुराबुबा तथा नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको यो साताको दैनिकी परिवारका सदस्यलाई अस्पतालमा भर्ना, उपचार र पार्टीका बिरामी नेताहरुलाई अस्पताल पुगेर भेट र स्वास्थ्य अवस्था बुझ्नेमै बितेको छ ।

 

चेपाङ किशोरीमाथि कुटपिट र करणीको प्रयास

राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ । जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो घटना भएको हो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार अन्दाजी १७ वर्षीया एक किशोरीमाथि कुटपिटपछि करणीको प्रयास भएको छ । उनीसँगै रहेकी १० वर्षीया अर्की बालिकामाथि निर्घात कुटपिट भएको आचार्यले बताए ।

घटनाको साँझ ७ बजे जानकारी भएपछि राति दुवै जनालाई उद्धार गरी आज बिहान भरतपुर अस्पताल ल्याइएको आचार्यले बताए । पीडितका अनुसार कुटपिट गर्ने अन्दाजी १८र२० वर्षका युवक उनीहरुले हालसम्म नदेखेको जनाएका छन् ।

 

प्रहरीले ती युवकको खोजी कार्य जारी राखेको उनले बताए । आचार्यका अनुसार घरबाट किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए । दिउँसो घर फर्किदा पिछा गर्दै आएका एक अपरिचित युवकले अनकन्टार जङ्गल र भीरको बाटोबाट हिँडिरहेको मौका छोपी दुईमध्ये किशोरीलाई लखेटेर जबर्जस्ती कब्जामा लिएका थिए ।

 

आपराधिक नियतका ती युवकको दुवै बालिकाले संयुक्त प्रतिकार गर्दा १० वर्षकी बालिकालाई टाउको र हातमा गम्भीर चोट लागेको छ । लाठीले हानेर लखेटी अर्की किशोरीलाई समातेर राखेका थिए । जबर्जस्ती बलात्कारको प्रयास गरेपछि उम्किन खोजेकी ती किशोरीलाई पनि टाउकोमा लाठीले हानेर सख्त घाइते बनाइ बलात्कार प्रयास भएको पीडितले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...