रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज



हाम्रो इकोनोमि

 

 चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।

 

रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो। रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा ‘हट टपिक’ बनेका थिए।

 

हेर्नुहोस फेसबुकमा रवि लामिछानेले के लेखे

ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो।

 

हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।

Image may contain: 2 people, people smiling, people standing and indoor

प्रतिक्रिया दिनुहोस
वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...