एनबी बैंकमा कुटाकुट, सिईयोको टेवलमा जाँडको विल, राष्ट्र बैंकको चासो



हाम्रो इकोनोमि

 

कही नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै सुन्दा पनि अचम्म लाग्ने कुरा नेपाल बंगालादेश बैंकको सञ्चालक समितिको बैठकमा भएको छ । बैंकको वार्षिक साधारणसभा गर्नु पूर्व अर्थात पुस २५ गते सञ्चालक समितिको बैठक नक्सालको एलिस रेष्टुरेन्टमा बसेको थियो । सोही बैठकमा बैंकको केन्द्रीय कार्यालय बनाउनका लागि उपयुक्त जग्गाका बिषयमा छलफल हुँदै थियो ।

 

केही बैंक सञ्चालकले भाटभटेनी नजिकै रहेको अजेयराज सुमार्गीको नौ रोपनी जग्गा किन्न उपयुक्त हुने भन्दै आफ्नो अडान राख्दै आएका थिए । उक्त बैठकमा बंगालादेश बैंकका सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दीपक कार्कीले उक्त जग्गा खरिद गर्न उपयुक्त नभएको र अन्यत्र खोज्नु पर्ने भन्दै फरक मत राखेका थिए । सोही बिषयलाई लिएर कार्की र बैंकका अन्य सञ्चालकबीच भनाभन भएको थियो । भनाभनले चर्को रुप लिएको थियो । जग्गाकै बिषयले उग्ररुप लिएपछि बैंक सञ्चालक कार्की कुटिन पुगेका छन् । बैंकका अन्य सञ्चालकले मान्छे लगाएर कुटपिट गरेको आरोप कार्कीको छ ।

 

सञ्चालक कार्कीले पछिलेदेखि नै उक्त स्थानमा बैंकले केन्द्रीय कार्यालय बनाउन नहुने भन्दै फरक मत राख्दै आएका थिए । उनले सञ्चालन समितिको पछिल्लो बैठकमा पनि उक्त स्थानमा केन्द्रीय कार्यालय बनाउन उपयुक्त नभएको भनाइ राखेका थिए । गत मंसिर २८ गतेको सञ्चालक समितिको बैठकमा पनि कार्कीले कार्यालयका लागि खरिद गर्न लागेको नौ रोपनी जग्गा उपयुक्त स्थानमा नरहेको तर्क राखेका थिए ।

 

कार्कीले लगानीयोग्य रकम (तरलता)को अभाव भएको बेला ९० करोड रुपैयाँको जग्गा खरिद नगरि अन्य उपयुक्त स्थानमा जग्गा खोज्नुपर्ने भन्दै विमति राख्दै आएका थिए । पछिल्लो समयमा उनले सञ्चालक समितिको निर्णय पुस्तिकामा नोट अफ डिसेन्ट लेख्दै आएका छन् ।
साधारणसभाको अघिल्लो दिन पुस २५ गते साँझ एलिसा रेष्टुरेन्टमा बसेको सञ्चालक समितिको बैठकमा उनले नोट अफ डिसेन्टमाथि छलफल हुनुपर्ने अडान राखेका थिए । फरक मत राखेकै कारण साधारण सभाको अघिल्लो दिन जाँडपार्टी बैठकमा उनी कुटिन पुगेका हुन् । बैंक सञ्चालक समितिमा उनी अल्पमतमा छन् ।

 

बैंकको सञ्चालक समितिको अध्यक्षमा अहिले जलाल अहमद छन् । अन्य बैंक सञ्चालकमा सर्वसाधारणको तर्फबाट इन्द्रबहादुर थापा, मुकुन्दनाथ ढुंगेल, दीपक कार्की र आइएफआइसी बंगालादेश बैंकका तर्फबाट एमशाह आलम सरवर तथा क्यारुन नहिर अहमद छन् । बैंकका अन्य सञ्चालक एकातिर र कार्की एक्लै अर्कोतिर छन् । हरेक बैठकमा काकीले अन्य सञ्चालकले भन्दा फरक मत राख्दै आएका छन् । पछिल्लो पटकको सञ्चालक समितिको जाडँपार्टी बैंठकमा पनि फरक मत नै राखेका थिए । जाँड लागेको बाहनामा कार्कीलाई रामधुलाइ गरिएको हो ।

 

बैंक सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट राखेकै कारण रेष्टुरेन्टमा कार्की कुटिएका हुन् । सोहि विमतिका कारण एलिस रेष्टुरेन्टमा आयोजना गरिएको सञ्चालकहरूको भोजमा अपरिचित ब्यक्तिको प्रयोग गरि आफुमाथि कुटपीट भएको कार्कीको भनाइ छ । कुटपिटका कारण कार्कीको शरीरमा विभिन्न चोटपटक लागेको छ । साधारणसभा पूर्व अर्थात पुस २५ गते राती २० हजारको जाँड खाएर कुटपिटमा उत्रेका रहेछन्, कुटपिट हुने गरी खाएको जाँडको बिल २० हजार रुपैयाँ आएको नेपाल बंगालादेश बैंकका एक उच्च कर्मचारीले बताए । उक्त बिल कुन शीर्षकमा राख्ने हो भन्नेमा चिन्तामा बैंक कर्मचारी छन् ।

 

पछिलादेखि नै यस्तै बिवादमा यो बैंक तानिदै आएको छ । यसअघि पनि जितबहादुरको बैंक भनेर कु नाम कमाएको थियो । अहिले पनि त्यही धङधङी कायम छ । बैंक अधोगतिमा छ । बैंकले सर्वसाधारणलाई दिने लाभांश पनि घटाउँदै लगेको छ । बोनस र नगद गरेर १५.७५ प्रतिशत लाभांश दिएकोमा अहिले १०.५३ प्रतिशत मात्रै नगद लाभांश दिँदै छ ।

 

यसअघि अर्थात आर्थिक वर्ष २०७२÷०७३ मा ३३.६८ प्रतिशत लाभांश दिएको थियो । खराव कर्जा पनि बढाउँदै लगेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा भन्दा यस वर्षको सोही अवधिमा खराव कर्जा बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ०.७३ प्रतिशत मा खराव कर्जा भएकोमा यस वर्षको सोही अवधिमा खराव कर्जा बढेर १.५५ प्रतिशत पुगेको छ ।

 

नेपाल बंगलादेश बैंकको गत पुस २६ गते साधारण सभा भएको छ । साधारण सभाले १०.५३५ नगद लाभांश पारित गरेको छ । बंगलादेश बैंकले गत आर्थिक वर्षको कमाईबाट उक्त नगद लाभांश दिएको हो । नगद लाभांश वितरणमा बैंकले ८५ करोड १३ लाख ९९ हजार ९१९ रुपैयाँ खर्च हुने बैंकको भनाइ छ ।

 

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकले ३० करोड १९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ छ । यस घटनाका बारेमा राष्ट्र बैंकले छानविन गर्ने बुझिएको छ । प्रकाश साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...