चिकित्सा शिक्षा विधेयक पारित गर्ने संसद्को तयारी ( के छ विधेयकमा ? पूर्णपाठ सहित)



हाम्रो इकोनोमि

 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाको सोमवार बस्ने बैठकबाट चिकित्सा विधेयक पारित गर्ने कार्यसूची तय भएको बताइएको छ।

 

शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले बनाएको हो ।

 

पुस २५ मा संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको थियो। त्यसपछि पुस २९ गेत पारितका लागि संसदमा गएको हो।

 

१५औं अनशनमा भएको सम्झौता हुबहु लागू गर्नुपर्ने केसीको मागमा कांग्रेसको पनि समर्थन छ । सत्तापक्ष नेकपाले भने कुनै व्यक्तिका सबै माग हुबहु पूरा हुने र त्यसलाई सार्वभौम संसद्ले जस्ताको तस्तै मान्नुपर्ने खालको तर्कमा सहमत हुन नसक्ने बताउँदै आएको छ ।

 

शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमाथि परेका संशोधनलगायत विवाद समाधान गर्न भैरवबहादुर सिंहको संयोजकत्वमा ११ असोजमा उपसमिति गठन ग(यो । विधेयकको विषयवस्तुमाथि उपसमितिभित्र विवाद भएको थियो । कांग्रेसका सांसदले सहमति हुबहु समेटिनुपर्ने अडान लिए पनि सत्तापक्षका सांसदले बहुमतबाट प्रतिवेदन पास गरेका थिए ।

 

उपसमितिले पारित गरेको प्रतिवेदनलाई समितिले पनि २५ पुसमा अनुमोदन गर्दै प्रतिनिधिसभामा पेस गरिसकेको छ । उक्त विधेयक सोमबारको प्रतिनिधिसभा बैठकबाट पारित गर्ने गरी सम्भावित कार्यसूचीमा राखिएको छ ।

 

विधेयकको पूर्णपाठ

https://drive.google.com/file/d/1BD5ZplrzFwogKFSN12R_eFwc58NoNo9g/view

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...