कान्तिपुरका पत्रकारको रूवाबासी : मिडिया हाउसविरुद्ध महासंघ उत्रिने



हाम्रो इकोनोमि

 

न्यूनतम पारिश्रमिकलगायतको सुविधा नपाएको भन्दै मूलधारका सञ्चार माध्यमहरूमा कार्यरत पत्रकार तथा कर्मचारीले नेपाल पत्रकार महासंघमा धमाधम निवेदन दिन थालेपछि महासंघले एक्सनमा उत्रिने निर्णय गरेको छ ।

सरकारले मूलधारका सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको न्युनतम  पारिश्रमिक २४ हजार ३ सय ७५ तोकेको छ । गत कात्तिक १ गतेबाट लागू भएको यो पारिश्रमिक मूलधारका सञ्चार माध्यमहरूमा कार्यरत श्रमजीवी पत्रकारले नपाएको भन्दै नेपाल पत्रकार महासंघमा निवेदन पर्न थालेपछि महासंघ एक्सनमा उत्रिएको हो ।

श्रमजीवी पत्रकारका हकहितका सवालमा कुनै पनि सम्झौता नगर्ने नीति लिएको पत्रकार महासंघ एक्सनमा उत्रिने भएपछि श्रमजीवी पत्रकार र कर्मचारीलाई ठगेर खान पल्केका ठूला मिडिया हाउसका मालिकहरूको निदहराम भएको खबर छ । सबैभन्दा बढी तनाव अहिले कान्तिपुर (केएमजी)द्वारा सञ्चालित सञ्चार हाउसहरूमा छ ।

 

यसअघि सम्बन्धित सञ्चार माध्यमका पत्रकार महासंघका प्रतिष्ठान शाखाहरूले  पत्रकारहरका हकहितका सम्बन्धमा उठेका मागहरूको नेतृत्व आक्कलझुक्कल गर्दै आएका थिए । तर, प्रतिष्ठान पदाधिकारीहरूलाई मिडिया हाउसका मालिकहरू कसैलाई काखी च्याप्ने कसैलाई नटेरेपछि महासंघ केन्द्र नै भिड्ने तयारी गरेको महासंघको श्रमजीवी हित संरक्षण समितिका सह संयोजक जन्मदेव जैसीले साँघुलाई बताए ।जैसीले भने ‘प्रतिष्ठानका साथीहरूलाई मिडिया मालिकहरूले टेरेनन् अब महासंघको केन्द्रीय नेतृत्व नै मैदानमा भिड्छ ।’

न्यूनतम पारिश्रमिक र ऐन अनुसारको सुविधा नपाएको भन्दै पत्रकार महासंघमा उजुरी गर्नेमा केएमजी अन्तर्गतका कान्तिपुर टिभी, कान्तिपुर पत्रिका र रेडियो कान्तिपुरका पत्रकार तथा कर्मचारीहरू भएको पत्रकार महासंघ स्रोतले बताएको छ ।  सम्पादकहरू बाहेक केएमजीमा कार्यरत कसैले पनि न्यूनतम पारिश्रमिक नपाएको अवस्था रहेका त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीहरू बताउछन् ।

 

कान्तिपुर टीभीका श्रमजीवी पत्रकारहरूलाई राजीनामा दिन बाध्य पार्दै, जो राजीनामा दिएर हिंड्दैनन् त्यसलाई काठमाडौं बाहिर सरुवा गर्ने, यातायात खर्च नदिने, टीभीको कार्यालय नभए पनि सरुवा पत्र थमाउने, सरुवा भएर जान चाहनेलाई पनि बस्ने, खाने कुनै ब्यवस्था नभएको गुनासो पीडितहरू रहेको छ ।

 

न्यूनतम पारिश्रमिकसहितको तलब सुविधाको कुरा गर्दा कान्तिपुर टिभीका प्रोडक्सन विभाग प्रमुख तथा  डेपुटी जनरल म्यानेजर भूषण दाहालले हप्काउने दुव्र्यवहार गर्ने गरेको पत्रकार कर्मचारीहरूको गुनासो छ । दाहालले पत्रकार कर्मचारीलाई तुच्छ व्यवहार गर्ने निजी नोकर जस्तो ठान्ने गरेको, मन नपरेका  तुरुन्त राजिनामा दिएर जा’ भनेर ठाडो व्यवहार गर्ने गरेकोले पत्रकार कर्मचारीहरू  आजित भएको खबर छ ।

 

कान्तिपुर टिभीमा फायर साइड नामको शोका प्रस्तोता समेत रहेका दाहाल प्रोड्युसरको फिडिङमा गेस्टलाई प्रश्न सोध्ने गरेकोमा कान्तिपुर टिभीभित्रै हाँसोका पात्र बन्दै आएको चर्चा गरिन्छ । राजनीति र समसामयिक विषमा पोख्तभन्दा पनि दाहालको पृष्ठभूमि मनोरञ्जन क्षेत्र हो ।

 

समाचार विभागका पत्रकार तथा कर्मचारीहरूका कमाण्डर प्रशान्त अर्याल रहेका छन् । तर, आफ्नो विभागका साथीहरूको पीरमर्कामा अर्यालले सुनुवाइ नगरेको गुनासो छ । आफ्नो मात्र जागिरको बचावमा लाग्ने गरेको प्रशान्तमाथि आरोप छ । मालिकको चाकडी र चाप्लुसीमा अधिक समय खर्च गर्ने गरेको आरोप अर्यालमाथि लाग्ने गरेको छ । अर्याल नेपाल साप्ताहिकबाट कान्तिपुर टिभीका समाचार प्रमुख बनेका हुन् । समाचार प्रमुख अर्याललाई भूषण दाहालले हेप्ने गरेको त्यहाँ कार्यरत कर्मचारीहरूको बताउछन् ।

 

‘दाहाललगायतको कर्मचारी माथिको ज्यादतिकाविरुद्ध कान्तिपुर टेलिभिजन कर्मचारी संघले पटक पटक सजग गराउदै आएको छ । संघले पुस ९ गते पत्रकार तथा कर्मचारी माथिको ज्यादति अन्त्य हुनु पर्ने मागसहित अध्यक्ष कैलाश सिरोहियालाई ज्ञापनपत्र बुझाएका थिए । निर्मला बस्नेत अध्यक्ष रहेको कर्मचारी संघले ज्ञापन पत्रमा उठाएका गंभीर विषयहरूले बाहिरी संसारमा देखिने कान्तिपुर मिडिया हाउसको छवि माथि प्रश्न उब्जिएको छ । ज्ञापनपत्रमा कान्तिपुरभित्र श्रमजीवी पत्रकार तथा कर्मचारीहरू कति पीडित छन् भन्ने कुरा उल्लेख गरिएको छ ।

 

त्यसैगरी कान्तिपुर पछाडि अर्को समस्याग्रस्त माउन्टेन टेलिभिजनमा पनि नेपाल पत्रकार महासंघको श्रमजीवी हित संरक्षण समितिको नेतृत्वमा आन्दोलन जारी छ । त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीका माग शीघ्र पूरा गर्न अध्यक्ष राजु कँडेललाई अन्तिम चेतावनी दिइसकेको हित संरक्षण समितिका सदस्यले बताए । यसैगरी हालै मात्र एचडी प्रविधिमा अपग्रेड भएको धर्मराज भुषाल नेतृत्वको हिमालय टेलिभिजनमा पनि समस्या पत्रकार तथा कर्मचारीका समस्या यथावत रहेका छन ।

 

स्थापनाकाल देखिनै विभिन्न विवादमा रहँदै आएको हिमालय टेलिभिजनमा तीन दर्जन बढी जिल्ला रिपोर्टरहरूलेले करीब ६० लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक  पाउनु पर्ने देखिन्छ । ती मध्ये केही जिल्ला रिपोर्टरहरूले पारिश्रमिक भराई दिन निवेदन दिएको पत्रकार महासंघले बताएको छ । एचडी लन्चिङको कक्टेल पार्टी गर्न पाँच तारे होटल सोल्टीमा दशौ लाख रुपैयाँ खर्च गर्ने जिल्ला रिपोर्टरहरूको पारिश्रमिक नदिने भनी पत्रकारहरूले प्रश्न उठाएका छन् ।

 

८ बर्ष  काम गरेर हिमालय टेलिभिजनबाट बाहिरिएका पत्रकार तथा कर्मचारीले संचयकोष तथा उपदानलगायतका सुविधा पूरा भराईदिन सूचना विभागमा निवेदन दिएका छन् । नेपाल पत्रकार महासंघ समेतलाई जानकारी दिएर सूचना विभागमा दिइएका निवेदन उपर छलफल भइरहको पत्रकारहरूले बताएका छन् ।

 

यो विषयमा महासंघको श्रमजीवी हित संरक्षण समितिको गंभीर चासो रहेकोले हिमालय टेलिभिजनसंग पनि अब फाइनलरुपमा पत्रकार महासंघ भिड्ने तयारी गरिएको सह संयोजक जन्मदेव जैसीले साँघुलाई बताए ।   साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...