“हामी वेश्या भयौ,अपराधी भयौ”- वम दिदी बैनी



हाम्रो इकोनोमि

 

कञ्चनपुरकि निर्मलाको हत्यापछि बम दिदीबहिनीलाई अघोषित आरोपीका रुपमा चित्रण गरिएको थियो ।

जताततै आरोप लाग्न थालेपछि उनीहरु राज्यसँग न्याय माग्न राजधानी काठमाडौ आइपुगेका छन् ।

राजधानी आएका बम दिदिबहिनीले मानवअधिकारकर्मी, राजनीतिक दलका नेता र स्थानीय पत्रकारले धम्की दिएको बताएका छन् । तर उनीहरुले नाम भने सार्वजनिक गरेका छैनन् ।

बम दिदीबहिनी यतिबेला निकै हतासमा छन् ।

कानूनले दोषि ठहर गरे आफुहरु जुनसुकै सजाय पनि भोग्न तयार भएको बताएका छन् तर मिडिया, अधिकारकर्मीले आफुहरुलाई जिउँदै हत्या गरेको उनीहरुले बताउछन् ।

‘हामी दोषि भए कानून अनुसार साजय भोग्न तयार छौ, तर, हामीलाई त मिडियाले अपराधी बनाइदिए, मानवअधिकारकर्मीले बेश्या’, बबिताले भनिन् ‘हामी जिउँदो निर्मला भयौ ।’

उनीहरु सामाजिक सञ्जाल, अधिकारकर्मी र केही राजनीतिक दलको दवावका कारण थुनामा पनि बसेका थिए ।

राजधानी लगायत केही स्थानमा दुई दिनअघि मात्र उनीहरुकै कारण निर्मलाको बलात्कारपछि हत्या भएको पर्चा शहरभरि छरिएको छ ।

राजधानीमा छरिएका पर्चामा उनीहरुले यौन ब्यवसाय गर्ने गरेको तथ्यहिन आरोप पनि लगाइएको छ ।

अदालत तथ्य र प्रमाणले नभनेपनि कञ्चनपुरदेखि काठमाडौंसम्म उनीहरुलाई हत्या आरोपीका रुपमा चित्रण गरिन थालिएको छ ।

मिडिया र अधिकारकमीप्रति बम दिदीबहिनीले सबैभन्दा बढि आपत्ति गरेकी छिन् । कपितय मानवअधिकारकर्मीले बम दिदीबहिनी नै अपराधमा रहेको प्रतिवेदन सार्वजनिक पनि गरेका छन् ।

हामीले घर छोडेर न्याय माग्न आएका छौ । बम दिदीबहिनीले काठमाडौंसम्म आफ्नो सुराकी भइरहेको बताए ।

नेपाल मानवअधिकार संगठनले बम दिदीबहिनीलाई दोषि देखाउँदै प्रतिवेदन सार्वजनिक गरेपछि आत्महत्याको तहमा छोरीहरु पुगेको आमा इन्दिरा बमले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...