प्रचण्ड पत्नी सीतालाई एक्कासी आइसीयूमा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीएका एकजना अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई आइसीयूमा अस्पताल भर्ना गरिएको छ।

भाइरल इन्फेक्सन (ज्वरो, रुघाखोकी) को समस्या देखिएपछि आज बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्प्ताल लगिएकी सीता दाहाललाई, इमरजेन्सीमा समेत नराखिकन आज बिहान ९ बजे सीधै आइसीयूमा भर्ना गरिएको हो।

 

आइसीयूमा भर्ना गरेपछि, अहिले दहालको रगत र पिसाबको नमूना परीक्षण गरिएको, अस्पतालले जनाएको छ। सीताको उपचारमा संलग्न डा युवराज शर्माका अनुसार, उनको अबस्था अहिले हेर्दा समान्य जस्तै देखिएको छ। डा शर्माले, “समान्य मान्छे जस्तो भएको भए सीधै आइसीयूमा भर्ना गर्नु पर्ने अवस्था थिएन, तर, उहाँका अरु थुप्रै समस्या रहेका कारण विशेष हेरचाहका लागि भर्ना गरिएको हो” भने।

 

सीता दाहाललाई लामो समयदेखिनै मधुमेह, रक्तचाप, पाठेघरको समस्या रहेको र पछि, मस्तिष्क सम्बन्धी प्रोगे्रसिभ सुप्रान्यूक्लियर पाल्सी (पी.एसपी) को समस्या रहेका कारण पनि आइसीयूमा राख्दा राम्रो हुन्छ भनेर भर्ना गरिएको डा शर्माको भनाइ छ। अवस्था हेरेर घर पठाउने टुंगो लाग्ने पनि उनले बताए।

 

के हो पीएसपी ? 
पीएसपी लागेमा त्यसले असामान्य रुपमा मस्तिष्कमा गडबढी ल्याउने हुन्छ। जसका कारण हिँडडुल र सन्तुलनमा समेत समस्या देखिने, बोल्न, खानेकुरा निल्न र दृष्टिमा समेत असर पर्नुका साथै व्यवहार र सोचाइमा समेत समस्या देखिने गर्छ। मस्तिष्कका कोषिकाहरुमा क्षति पुगेमा पीएसपी रोग देखिने चिकित्सकहरुको भनाइ छ।

 

पीएसपीको उपचारका लािग सीतालाई यसअघि भारत र सिंगापुर समेत लगिएको थियो । एक वर्षअघि छोरा प्रकाश दाहालको मृत्यु भएपछि सीता दाहालमा एकोहोरो हुने, टोलाउने समस्या देखिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...