गाँउमा बस्न नसक्ने भएपछि बम दिदीबहिनी काठमाडौंमा,यस्ता पनि आए धम्की



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नको आरोप लागेकी बबिता र रोशनी बम काठमाडौं आइपुगेका छन् । आफूहरुलाई कञ्चनपुरमा बस्न अप्ठ्यारो भएको भन्दै उनीहरुले काठमाडौं आएको बताएकी छन् । बिना कारण अपुष्ट प्रमाणले आफ्नो निजी जीवनमा परेको ठूलो चोटलाई काठमाडौंले सान्तवना दिन्छ की भन्ने हेतुले यहाँ पुगेको रोशनीले बताइन् ।

 

कञ्चनपुरका मानवअधिकारकर्मीले बारम्बार आत्म सम्मानमा चोट पु¥याउँदै आएको भन्दै उनीहरु सुरक्षाका लागि केन्द्रसम्म पुगेको बताउँछन् । प्रहरीले अनुसन्धानका क्रममा विभिन्न समयमा उनीहरुलाई पक्राउ गरी सोधपुछ गरेतापनि हत्यामा संलग्न रहे÷नरहेको पुष्टि हुन सकेन । आन्दोलनकारीले बारम्बार बम दिदीबहिनीहरुमाथि शंका लिइरहे । आफूहरुलाई न्याय दिने कुनै निकाय नभइसकेपछि बम परिवार एक्लो बनेको थियो । बेसाहारा बनेको परिवारले निकै चुनौति भोग्नुपरेको बबिता बताउँछिन् ।

 

स्थलगत भनिएको मानवअधिकार संगठनको प्रतिवेदनमा दिदी बबितालाई ‘बारमा काम गर्ने’ भनेर हचुवा विवरण दिइएको छ । सोही प्रतिवेदनका आधारमा मिडियामा समाचार आएपछि सामाजिक सञ्जालमा उनीहरु निशानामा परेका हुन् ।दिदीबहिनीको मानवअधिकारको प्रश्न उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत आलोचित बन्नुभएको थियो । अहिलेसम्म पनि बम दिदीबहिनी मानव अधिकारकर्मीको नजरमा अभियुक्त छन् ।

 

साथी निर्मलाको हत्यापछि स्कूल जान छोडेकी रोशनी र उनकी दिदी बबिता हत्याकाण्डको ६ महिनापछि आमा इन्दिरादेवीसँगै काठमाडौं आएका हुन् । यो उनीहरुको पहिलो काठमाडौं यात्रा हो । उनीहरुले मिना भण्डारी र शारदा चन्द लगायत मानवअधिकारवादी भन्नेले आफूहरुलाई निरन्तर धम्की दिइरहेको बताएकी छन् ।

 

आफू नपुंसक भएको थाहा पाएका तीन छोराका बाउले यसरी हाले श्रीमति विरुद्ध मुद्धा

 

कुरा बेलायतको हो । यी व्यक्ति एक सफल व्यवसायीसमेत हुन् । उनका तीन छोरा छन् दुई जुम्ल्याहा १९ वर्षकार अर्को २३ वर्षीय ।
तर, दुई वर्षअघि २०१६ मा उनले स्वास्थ्य परीक्षण गराउँदा थाहा पाए की उनी एउटा यस्तो रोगले ग्रसित छन्, जसका कारण उनी कहिल्यै बाउ बन्न सक्दैनन् । सुन्दै अचम्म लाग्न सक्छ । जब रिचार्ड म्यासनले आफ्नो रोगको वारेमा थाहा पाए उनी धेरै दुखी भए ।

 

उनले चिकित्सकलाई आफ्नो स्वास्थ्य परीक्षण फेरि गर्न आग्रह गरे । यो स्वास्थ्य परीक्षणले रिचार्डको जीवन बदलि दियो । उनले आफ्नी पत्नीलाई मुद्दा हाले र अदालतले पत्नीलाई साढे दुई लाख जरिवाना गर्यो । तर अदालतले पत्नीलाई छोराहरूको असली बाउ को हो रु भन्ने कुरा गोप्य राख्न सक्ने अनुमति दिएको छ ।

 

तर, रिचार्डलाई यो कुराले के असर पर्यो उनकै शब्दमा ‘स्वास्थ्य परीक्षण रिपोर्ट पढदै गर्दा म छाँगाबाट खसेजस्तो भएँ ।’ जुनसुकै पुरुष यो रोग ‘सिस्टिक फिब्रोसिस’ ले पीडित हुन्छ उ कहिल्यै बाउ बन्न सक्दैन । उनले भने ‘जब मैले डाक्टरकै सामु रिपोर्ट पढें, अनायास मुखबाट निश्कियो –हे भगवान ! म त तीन छोराको बाउ हुँ । तपाइहरूले नै परीक्षणमा गल्ती गर्नु भयो होला ।’

 

जवाफमा डाक्टरले आफूहरूको परीक्षण् एकदमै सही भएको बताए । उनी भन्छन् अनि मलाई आफ्नी पत्नीसंग कुरा गर्न मन लाग्यो । धेरै दिनसम्म डाक्टर सुनाएका कुरा कान गुञ्जिइ रह्यो । मलाई जान्न मन लाग्यो आखिर मेरा छोराहरूको असली बाउ को हो त ?’ उनले अहिलेसम्म यस वारे थाहा पाउन सकेका छैनन् । पत्नीले कसैलाई अहिलेसम्म बताएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...