मन मिल्यो, त्यसपछि यस्ताेसम्म भयाे, पुरा हेर्नुहाेस तपाई दड्ग पर्नुहुनेछ



हाम्रो इकोनोमि

 

गायक तथा संगीतकार सविन लिम्बुको आवाजमा रहेको गीत ‘मन मिलेपछी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘पल पलमा’,‘किन रुन्छ मन’,‘म भन्दा नी धेरै राम्री’लगायतका दर्जनौ चर्चीत गीतहरुमा आवाज भरेका लिम्बुको अर्को गीतको म्युजिक भिडियो विहिवार सार्वजनिक भएको हो ।

सुमधुर आवाजका धनी गायक लिम्बु पछिल्लो समय चर्चामा रहेका गायक हुन् । उनका दर्जनौ गीत,संगीत युवापुस्ताले रुचाउँदै आएका छन् ।

स्थायी घर झापा भएपनि हाल संघिय राजधानी काठमाण्डौमा रहेर संगीत कर्ममा व्यस्त उनी सांगीतिक क्षेत्रका चम्कीला नक्षत्र मानिन्छन् ।

पाशाङ शेर्पाको एक्सन कटमा निमार्ण गरीएको ‘मन मिलेपछी’को म्युजिक भिडियोमा गायक आफैँले अभिनय गरेका छन् । उनी मोडल नेहा बस्नेतको जोडीको रुपमा देखा परेका हुन् ।

अन्य गीतहरुमा अत्याधिक माया र साथ बटुलेका लिम्बुले यसमा पनि दर्शक ,श्रोताको मन जित्ने बिश्वास लिएको बताए । गीतकार उपेन्द्र लिम्बुको शव्दमा रहेको गीत ‘मन मिलेपछी’मा गायक स्वयमको संगीत तथा एरेञ्ज छ ।

भडियोलाई पाशाङ शेर्पाले छायाङ्कन तथा सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...