पूरा हुँदै प्रधानमन्त्री ओलीको तुइन बिस्थापन योजना : तीन बर्षमा ११३ झोलुङ्गे पुल निर्माण



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गर्नुभएको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत अहिलेसम्म ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।

 

ग्रामीण स्थानमा स्थानीयवासी जोखिमपूर्ण रुपले खोला तर्नुपर्ने बाध्यता हटाउन सरकारले विसं २०७२ असोजमा देशभर रहेका तुइनको खोजी गर्ने र त्यस ठाउँमा झोलुङ्गे पुलको निर्माण गर्ने घोषणा गरेको थियो ।

 

त्यतिबेला देशभरमा १८७ तुइनको पहिचान भएको सस्पेन्स विभागका इञ्जिनीयर हुमाकान्त मिश्रले बताउनुभयो । विसं २०७२ मा नै देशभरमा कुनकुन स्थानमा तुइनमार्फत स्थानीयवासी जोखिमपूर्ण रुपमा खोला तरिरहेका छन् भन्ने खोजी भएको थियो । त्यसपछिका वर्षहरुमा सरकारले झोलुङ्गे पुल निर्माणका लागि बजेट विनियोजन गरिरहेको छ ।

 

“जति ठाउँमा बाँकी छन् त्यहाँ पनि केही न केही समस्या छ”, उहाँले भन्नुभयो । त्यो समस्या हटाएर देशभर तुइन विस्थापित गर्न विभाग लागेको छ । त्यतिबेला पहिचान भएका पुलमध्ये ५२ पुल आवश्यक नभएको विभागले बताएको छ । त्यस स्थानको नजिकै अर्को झोलुङ्गे पुल भएकाले वा चाँडै त्यस स्थानमा मोटर गुड्ने पुलको सम्भावना रहेका स्थानमा झोलुङ्गे पुलको निर्माण नगर्ने निर्णय भएको हो ।

 

हिउँदमा मात्रै बग्ने र साना खोलाभन्दा बाह्रै महीना खोला तर्न नसकिने ठाउँमा पुल निर्माणलाई प्राथमिकता दिइएको मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यहाँबाट सकेसम्म ग्रामीण भेगका त्यस्ता ठाउँमा झोलुङ्गे पुल बनाउँछौँ जुन ठाउँमा १० वर्षसम्म पनि मोटरबाटोको सम्भावना छैन ।”

 

पहिचान भएका पुलमध्ये अहिले १७ स्थानमा अहिले काम भइरहेको छ । १८७ तुइनमध्ये ११३ स्थानमा सम्पन्न छन् र ५२ ठाउँमा पुल नचाहिने पाइएको छ । महाकालीको पाँच ठाउँमा पुल बनाउनका लागि भारतको केन्द्र र प्रदेश सरकारको सहमति चाहिन्छ ।

 

देशभरका धेरै ठाउँमा झोलुङ्गे पुल निर्माण अघि बढ्न नसक्नुमा सबैभन्दा ठूलो समस्याका रुपमा जग्गासम्बन्धी समस्या रहेको छ । सरकारको कतै पनि पुल निर्माण गर्नका लागि मुआब्जा दिने व्यवस्था गरेको छैन ।

 

त्यसो हुँदा सार्वजनिक जग्गा भएका ठाउँमा सजिलै पुल बन्ने भए पनि निजी जग्गा भएका ठाउँमा विवाद आइरहेको इञ्जिनीयर मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन ठाउँमा पुल निर्माण गर्न चाहेको हो वा पुल आवश्यक छ त्यस स्थानमा स्थानीयवासीले स्वइच्छाले जग्गा नछाड्दा समस्या आउने गरेको छ ।”

 

महाकाली नदीमा आठ वटा तुइन रहेको अध्ययनका क्रममा देखिएको थियो । तीमध्ये तीन पुलको निर्माण सकियो भने पाँच पुलको निर्माण शुरु हुन सकेको छैन । यी पुलले नेपाल र भारत जोड्छ । पुल निर्माणका लागि त्यहाँका प्रदेश सरकारले सहमति नदिँदा पुल निर्माण हुन नसकेको उहाँले बताउनुभयो ।

 

स्थानीयस्तरबाट आएका मागबाट बढी आवश्यक भएका ठाउँको छनौट गरेर विभागले पुल निर्माण गर्दै आएको छ । तुइन विस्थापित गर्ने पुलसँगै अरु पुल गरेर यो आर्थिक वर्षभित्रमा १०० पुलको निर्माण सक्ने विभागको योजना छ ।

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका यो विभागले १२० मिटरभन्दा लामो पुलको निर्माण गर्दै आएको छ । त्यो भन्दा छोटो पुल गाउँपालिका र नगरपालिकाले निर्माण गर्छन् ।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

गणेश नेपालीको उपचारका क्रममा निधन

  हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...