अन्डरवर्ल्ड डनकी गर्लफ्रेण्ड मोनिका, जसले अक्सफोर्डको अध्ययन सकिन (तस्विरहरु)



 

 

मोन‍िका बेदी बलिउडकी सुपरस्टार अभिनेत्री हुन् । दर्जनौ कहानीमा उनले अभिनय गरेकी छिन् । तर उनको आफ्नै जिन्दगी भने कुनै धमाकेदार फिल्मको कहानीभन्दा कमजोर छैन ।

१८ जनवरी १०७५ मा पंजाबको होश‍ियारपुरमा जन्मिएकी मोन‍िका केही समयदेखि फिल्म दुनियाँबाट बाहिर छिन् ।

अन्डरवर्ल्ड डन अबू सलेमकी गर्लफ्रेण्डका रुपमा भने उनी अहिले पनि चर्तित छन् । उनको जिन्दगीको कहानी डनको प्रेमिकामा मात्र सिमित छैन ।

उनका पिता पेसाले डाक्टर थिए । अन्डरवर्ल्डसँग सम्बन्ध भएका कारण परिवार र समाजमा निकै तनाव भएपछि आमा र बाबु नर्वेमा बस्न थाले ।

त्यसपछि मोनिका लगतै अक्सफोर्ड यूनिभर्सिटिमा साहित्य पढ्न गएकी थिइन ।

अक्सफोर्डमा पढ्न गएपछि उनले मुम्बईलाई केही समयका लागि छोडेकी थिइन । तेलुगु फिल्म ताजमहलबाट आफ्नो क्यारियर सुरु गरेकी मोनिका फिल्म क्षेत्रमा मात्र अडिन सकिनन् ।

फिल्म क्षेत्रमा क्यारियर खोजिरहेका बेला उनको दोस्ती अन्डरवर्ल्ड डन अबू सलेमसँग भएको थियो । दोस्ती विस्तारै प्रेममा परिणत भएको थियो । डन अबूकै कारण उलने कतिपय बलिउडका फिल्ममा काम गर्ने मौका पनि पाएकी थिइन । अपराध दुनियाँसँग साइनो रहेको भन्दै उनी सधै निगरानीमा परिरहेकी छिन् ।

सन् २००२ मा उनी ब्वायप्रेण्ड अबूसँगै गिरफ्तार भएकी थिइन । त्यसपछि उनी साहित्य पढ्न अक्सफोर्ड पुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । डन अबूसँगको भेटका बारेमा उनले सन् २०१४ को एक अन्र्तवार्तामा दिएकी थिइन । -अबूसँग मेरो फोनमा पहिलो पटक सम्पर्क भएको थियो । त्यसबेला म दुवईमा थिएँ । उनले फोनमा बिजनेश मेनका रुपमा परिचय दिएका थिए,-मोनिकाले अन्तर्वातामा भनेकी छिन् । अबूको आवाजमै मैले प्रेम गर्न थालेकी थिएँ । ९ महिनासम्म फोनमा कुरा गरेपछि अबूलाई भेट्न दुवई गएको बताएकी थिइन । त्यहँ पुगेपछि अबूले आफ्नो असली नाम बताएक थिए । त्यस बेलासम्म आफुलाई अबू को हो भन्ने थाहा नभएको बताएकी थिइन ।

मोन‍िकाले अबूकै कारण जेलको जीवन पनि विताएकी थिइन । जेलबाट छुटेपछि उनी गुमनाम जिन्दगी बिताइरहेकी थिइन । त्यही बेला उनी बिग बोसमा नजर आएकी थिइन । त्यहाँ उनले एकदम विनम्र स्वभावसहित फरक शैलीमा देखा परेकी थिइन । जसले फेरी उनलाई उचाइमा उठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

कैलालीमा शिक्षकलाई भित्रै थुनेर मूल गेटमा ताला

    कैलालीको घोडाघोडी नगरपालिकाले शिक्षा  विद्यार्थीले आन्दोलन सुरु गरेका छन् । शिक्षा

प्रधानमन्त्री ओलीले गरे देशभर अनलाइन शिक्षा सञ्चालनको घोषणा

    प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७०