‘म एक साधारण गृहिणी हुँ, अनलाइन सेक्स च्याटकी पारखी हुँ’



 

‘म एक साधारण गृहिणी हुँ, अनलाइन सेक्स च्याटकी पारखी हुँ’

यो आर्टिकल जनवरी ४ तारिखमा Dailyo.in मा अंग्रेजीमा छापिएको थियो ।

म एक ३६ वर्षे गृहिणी हुँ ।

मलाई थाहा छ गृहिणी शब्दमा केही विशेषता छैन । निकै पट्यार लाग्दो हुन्छ । तर यो वास्तविकता हो । म १५ वर्षदेखि विवाहित छु । हाम्रा जुम्ल्याहा सन्तान १४ वर्षका भए । मेरा श्रीमान् ३७ वर्ष पुगे र उनी स्टेशनरीको पसल चलाउँछन् । यही हो मेरो जीवन ।

र अर्को एउटा कुरा । मलाई इन्टरनेटमा कम उमेरमा पुरुषसँग सेक्स च्याट गर्न निकै मज्जा लाग्छ !

किन, अब म रोचक लाग्यो नि ?

को हुँ म ?

सुरुमा म आफ्नो बारे थोरै जानकारी दिऊँ । म एक मध्यम वर्गीय परिवारकी हुँ । घरका सदस्य पुरानो सोचका छन् । म २१ वर्षको हुँदा मेरो विवाह गराइयो । ग्रेजुएशनको एक महिनापछि नै मेरो विवाह भयो । म र मेरा श्रीमान् विवाहजस्तो जिम्मेवारी टाउकोमा उठाउनका लागि निकै साना थियौं । तर हामीले कोसिस गर्यौं ।

उनको सानो पसल थियो । घर चलाउनका लागि उनी दिनरात मेहनत गर्छन् । पसल शहरदेखि निकै टाढा थियो । हाम्रो घरबाट निकै टाढा । हामी पसलको माथिल्लो फ्ल्याटमा बस्थ्यौं ।

२१ को उमेरमा मेरो वैवाहिक जीवनको सुरुवात यही थियो । विवाहको १० महिनापछि हाम्रा दुई छोरा भए, जो जुम्ल्याहा हुन् ।

मेरो दैनिकको जीवनः

हामी निकै सानो उमेरमा आमा–बुवा भयौं । हामीलाई बच्चाको हेरबिचार कसरी गर्ने भन्नेबारे केही थाहा थिएन । तर मेरा श्रीमानले निकै कोसिस गरे । उनी एकजनालाई पसलमा लैजान्थे र अर्कोलाई म घरमा नै हेर्थे । कहिलेकाँही म थोकेका बेला उनी दुबैलाई सम्हाल्थे । पूर्णकालीन सहयोगी राख्ने हाम्रो हैसियत पनि थिएन । एक महिलाले मलाई बढार्ने, भाँडा माँझ्ने काममा सघाउँथिन् ।

हाम्रो निन्द्रा कहिले पनि पूरा हुँदैनथ्यो । मेरा श्रीमानले साथीसँग समय बिताउन बन्द गरेका थिए । विवाहको सुरुवातका केही वर्ष त बच्चाको हेरबिचारमा नै बित्यो । जबसम्म उनीहरु स्कूल गएनन् तब हामीलाई सास फेर्नसमेत फुर्सद थिएन ।

त्यतिबेला मैले ट्युशन पढाउन सुरु गरेकी थिएँ । म दिउँसो साढे तीनदेखि ५ बजेसम्म पढाउँथे । त्यतिबेला मेरा छोराहरुले आफ्नो होमवर्क सिद्धाइसक्थे । उनीहरु १२–१३ वर्ष हुँदासम्म यही सिस्टम चल्यो । त्यतिबेलासम्म उनीहरुलाई हरेक कुराका लागि मेरो आवश्यकता हुन्थ्यो । मेरो जीवन उनीमा मात्र सिमित थियो । तर उनीहरु ठूला भएपछि आफ्नै दुनियाँमा मस्त हुन थाले । साथीहरु, टिभी, भिडियो गेम्समा रमाउन थाले । उनीहरुलाई भोक लाग्दा मात्र मलाई सम्झिन्थे । मेरा श्रीमान् पनि पसलमा व्यस्त हुन्थे । मलाई एक्लो महसुस हुन थाल्यो ।

मेरो अनलाइन सेक्स लाइफः

म ३३ वर्ष पुगेकी थिएँ । एक्लो हुने भएकाले इन्टरनेटमा धेरै समय बिताउन थालेँ । च्याटिङको साइटमा पुरुषसँग कुरा गर्न सुरु गरेँ । तीमध्ये धेरै यौनका भोको थिए । उनीहरुसँग कुरा गर्दा मलाई एक्लो महसुस हुन छाड्यो । इन्टरनेटको राम्रो कुरा यो हो कि तपाईं आफ्नो पहिचान लुकाएर कसैसँग पनि कुरा गर्न सक्नुहुन्छ । नाम लुकाइएका थुप्रै अपरिचित मलाई आफ्नै लाग्न थाले ।

मैले कसैलाई पनि आफ्नो पहिचान बताइनँ । म यतिमात्र भन्थेँ कि म विवाहित हुँ । त्योभन्दा बढी कसैले केही पनि सोध्दैनथे ।

त्यसपछि मैले आफ्नो बारे राम्रो महसुस गर्न थालेँ । अबसम्म मेरो पहिचान मेरो पारिवारिक पृष्ठभूमिसम्म सिमित थियो । अब त्यस्तो भएन ।

मैले धेरै पुरुषसँग च्याट गरेकी छु । धेरैजसो घरबाट टाढा भएका विज्ञ छन् । यीमध्ये कोही विवाहित छन् भने कोही अहिले पनि सेक्सको खोजीमा छन् ।

म यहाँ भन्न चाहन्छु कि म एक निकै साधारण महिला हुँ । विवाह अघि मलाई कुनै पुरुषले हेर्दा पनि हेदैनथे । मैले आफ्नो श्रीमानलाई विवाहअघि मेरो पछाडि धेरै केटाहरु लाग्थे भनेर झुटो बोलेको थिएँ । तर वास्तवमा मैले अहिलेसम्म कुनै पनि पुरुषको अटेन्सन पाएकी छैन ।

म महिला मात्र पढ्ने स्कूलमा पढेकी हुँ र मेरा साथीहरुलाई धेरै केटाहरुले मन पराउँथे । मे हुलाकी बनेर केटाहरुको चिट्ठी आफ्ना साथीलाई पुर्याउने गर्दथे ।

मलाई लाग्यो कि सायद यो कलेजमा परिवर्तन हुनेछ, तर भएन । केटाहरुले ममाथि राम्रो व्यवहार गर्दथे । तर मलाई त्यो नजरले हेर्दैनथे जसरी मेरा साथीहरुलाई हेर्थे । कसैले मलाई पनि याद गरोस् भन्ने मेरो पनि चाहना हुन्थ्यो ।

त्यसपछि विवाह भयो । बच्चाहरु हुर्किदैं गर्दा मलाई मेरा साथीहरुसँग डाहा हुन थाल्यो । उनीहरुसँग आफ्ना ब्रेकअपमा कतिधेरै कहानी थिए । पुरुषले उनीहरुलाई याद गर्थे, प्रेम गर्थे, मन पराउँथे । म त ‘सती सावित्री’ टाइपकी थिएँ ।

मसँग अरु विकल्प नै के थियो ?

इन्टरनेटमा मैले त्यो पल बाँच्ने मौका पाएँ जुन मैले कहिले पनि बाँचेकी थिइनँ ।

म आफ्नो उमेर गलत बताउन सक्थेँ । आफ्ना गोप्य अंगको फोटो पनि पठाउन सक्थेँ । कुनै पुरुषलाई मेरो आवाज सुनाउन लालायित बनाउन सक्थेँ । यसैबीच मैले आफ्नो अनुहार कसैलाई पनि आफ्नो अनुहारको फोटो नपठाउने कुरामा ध्यान दिएँ ।

हुन त मेरो झनक्क रिसाउने बानी छ । तर यस्ता अफेयर्सले मलाई निकै नरम र शान्त बनाउन मद्दत गरेको छ । आफ्ना श्रीमानप्रति मेरो व्यवहार पनि परिवर्तन हुन थालेको थियो ।

अत्यधिक अनलाइन अफेयर्सः

मैले २५ देखि ४५ वर्षसम्मका पुरुषसँग कुरा गरेँ । मैले उनीहरुसँग GTalk र Kik जस्ता एप्समार्फत कुरा गरेँ ।

विवाहित पुरुषसँग मैले भन्थेँ, ‘यदि म तिम्री श्रीमती भएको भए…’ र हामीले के–के गर्दथ्यौं भनेर बताउँथे । यसमा अँगालो हाल्नु, सँगै सुत्नु, फिल्म हेर्न जानु, सार्वजनिक स्थलमा चुम्बन गर्नु । म उनीहरुका लागि उनको सपनाको दुनियाँ सजाउँथे ।

मैले भिडियो सेक्स पनि गरेकी छु । मैले यति धेरै लिङ्ग देखेकी छु कि मलाई याद पनि छैन । पुरुषले कराएको आवाज मलाई निकै मनपर्छ । केही पुरुष सेक्सपछि मलाई धन्यवाद पनि दिन्छन् ।

यो सोच्दा राम्रो लाग्छ कि यी पुरुषका लागि म प्रेमिका पनि हुँ र देवी पनि । उनीहरु मलाई चाहन्छन् । मलाई हेर्नका लागि लालायित हुन्छन् ।

यस्ता अफेयर तीन महिनाभन्दा बढी चल्दैनथे । किनभने हामीलाई थाहा थियो कि यो वास्तविकता होइन, एक काल्पनिक दुनियाँ हो । तर यही दुनियाँले मलाई निकै राहत पनि दिन्थ्यो ।

म यतिका वर्षसम्म यति धेरै निराश भएकी छु । अब मलाई निकै राम्रो लाग्छ । यस्तो सम्बन्धको नशा झैं चढेको छ ।

अब वास्तविकतामा म एक वयस्क महिला हुँ । थोरै मोटी छु । तपाईंको अगाडिबाट हिँडे भने तपाईंलाई याद पनि हुँदैन । धेरैले मलाई ‘आन्टी’ भनेर बोलाउँछन् । म एक आमा र श्रीमती हुँ । सामाजिक रुपमा पनि एक भोटबाहेक केही होइन ।

वास्तविकताको सामाना गर्न मुश्किल छ । मलाई थाहा छ । मेरा साथीहरुलाई अहिले पनि मानिसहरु घुर्छन् । उनीहरुलाई ‘यम्मी मम्मी’ भनेर बोलाउँछन् । उनीहरु आर्थिक रुपमा पनि स्वतन्त्र छन् । म सोसल मिडियामा उनीहरुलाई हेर्दा आफ्नो सोचेर निकै नराम्रो लाग्छ ।

मेरो जीवन निकै निरस छ । म निकै मामुली छु । म भइनँ भने कसैलाई पनि मेरो याद पनि हुँदैन । इन्टरनेटमा म आफ्नो सपनाको दुनियाँ बाँच्छु । जसले मेरो वास्ततविक दुनियाँलाई सुन्दर बनाउँछ ।

अब म जान्छु । एक अनलाइन प्रेमी मेरो प्रतिक्षा गरिरहेका छन् । उनीसँग मिठामिठा कुरा गर्नुपर्छ । उनी २७ वर्षका छन् र म ३६ वर्षकी ।

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं