हत्या अरोपीलाई समात्न प्रहरीले बर्दियामा गोली चलायो



हाम्रो इकोनोमि

 

प्रहरीले बर्दियामा गोली चलाएर हत्या आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवराज गिरी छन् । यसअघि २६ माघमा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको विभत्स हत्या भएको थियो । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो ।

 

शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो । त्यसक्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीसँग उनको बर्दियामा जम्काभेट भएको थियो । र, भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख डीआईजी पिताम्बर अधिकारीले उनको खुट्टामा गोली लागेको बताए । उनले  टेलिफोनमा कुरा गर्दै भने, ‘पक्राउ गर्ने क्रममा उनले आक्रमक गतिविधि गरेपछि गोली चलाउने परेको हो । तर, उनको अवस्था सामान्य छ । उपचारका लागि कोहलपुर टिचिङ हस्पिटल पठाएका छौं ।’ थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...