नेपालभरी फ्रीमा कृत्रिम खुट्टा लगाउने समितिका अध्यक्ष विनोद चौधरी संग कृष्णलाई सहयोग गर्न अपिल गर्दै सबैले शेयर गरौं



हाम्रो इकोनोमि

 

विभिन्न घटनामा खुट्टा गुमाएका ५१ जनाले आज कृत्रिम खुट्टा पाएका छन् ।

भारतको भगवान महावीर अपाङ्गता सहायता समितिले आज काठमाडौँमा उनीहरुलाई कृत्रिम खुट्टा प्रत्यारोपण गरेको हो ।

चौधरी फाउण्डेसन र नर्भिक अस्पतालसँगको सहकार्यमा समितिले आयोजना गरेको कृत्रिम खुट्टा प्रत्यारोपण शिविरमा उनीहरुले कृत्रिम खुट्टा पाएका हुन् ।

शिविरमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले छ वर्षकी बालिका रियाकुमारी कुशवाहलाई खुट्टा लगाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

मन्त्री यादवले नेपालमा कृत्रिम खुट्टा राख्ने स्थायी संरचना नभएको भन्दै कसैले संस्था स्थापना गरेमा सरकारले सहयोग गर्ने वचन दिनुभयो ।

मन्त्री यादवले खुट्टाको अभावमा चल्न नसक्ने मानिसलाई कुद्न सक्ने बनाउनु सबैभन्दा ठूलो मानव सेवा गरेकामा प्रशंसा गर्दै नेपालमा दुर्घटना धेरै हुने हुँदा अपाङ्गता भएकाको सङ्ख्या अधिक रहेको बताउनुभयो ।

भारतसँगै नेपालले धेरै विषयमा सम्झौता गरे पनि स्वास्थ्य क्षेत्रमा सम्झौता हुन नसकेको भन्दै मन्त्री यादवले दुखेसो गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले पहिलो शिविरमै ५१ जनाको खुट्टा राखेकामा खुशी व्यक्ति गर्दै भन्नुभयो, “उनीहरुका लागि यो आर्थिक इन्जेक्सन हो ।”

उहाँले कृत्रिम खुट्टा प्रत्यारोपणका लागि नेपालमा स्थायी केन्द्र आवश्यक रहेको औँल्याउनुभयो ।

भगवान् महावीर अपाङ्गता सहायता समितिका निर्देशक सतिश मेहताले संस्थामार्फत वर्षमा ८० हजारको कृत्रिम खुट्टा प्रत्यारोपण गर्ने गरेको जानकारी दिँदै संस्थाले हाल विभिन्न ३० देशमा काम गरिरहेको बताउनुभयो ।

दक्षिण एशियामै पहिलो शिविर नेपालमा भएको जानकारी दिँदै उहाँले नेपालमा खुट्टा नभएका सबैलाई तीन वर्षभित्रमा खुट्टा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

संस्थाले अहिलेसम्म १७ लाख बढीको कृत्रिम खुट्टा प्रत्यारोपण गरिसकेको सो क्रममा जानकारी दिएको थियो ।

फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले नवलपुरमा ५०० जनाको कृत्रिम खुट्टा प्रत्यारोपण गर्ने तयारी भएको जानकारी दिँदै गैँडाकोटमा रहेको सहज सामुदायिक अस्पताललाई यसको स्थायी केन्द्र बनाउने योजना रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा एक लाखभन्दा बढीलाई कृत्रिम खुट्टा आवश्यक रहेको दाबी गर्दै समाजसँगको सहकार्य जारी राख्ने बताउनुभयो ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले कृत्रिम खुट्टा प्रत्यारोपण शिविरबाट धेरै सर्वसाधारण लाभान्वित भएकामा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...