अस्पतालका नर्सहरु एकैपटक सुत्केरी भएपछि



हाम्रो इकोनोमि

 

अमेरिकाको इलिनोइसस्थित एक अस्पतालमा काम गर्ने ७ जना नर्स एकै समयमा सुत्केरी भएका छन् ।

ती सबै नर्सहरुले एकसाथ बच्चा जन्माएपछि उनीहरुले बच्चाका साथ एकसाथ फोटोशूट गराएका छन् ।

सोसल मिडियामा यो फोटो हाल चर्चित बनेको छ ।

अस्पतालको प्रसूति विभागमा काम गर्ने ७ जना नर्सहरुले वास्तवमा एकसाथ गर्भवती हुने फैसला गरेका थिए ।

फोटोमा नर्सहरुले आफ्नो पोषाकको पछाडि नम्बर पनि लेखेका छन् । त्यो नम्बरले बच्चाको जन्मको क्रम देखाउँदछ ।

बच्चाहरुको जन्म अगष्ट देखि नोभेम्बर सम्ममा भएको छ ।

दुईजना नर्सले आफ्नो बच्चाको नाम एउटै अर्थात् चार्लोट राखेका छन् ।

यसअघि एन्डर्सन अस्पतालका नर्सहरुले गर्भावस्थाको बेला पनि फोटोशूट पनि गराएका थिए ।

सात मध्ये चारजनाले छोरी जन्माए र तीन जनाले छोरा जन्माए ।

करीब ४ महिनाको भित्रमा ती सबै नर्स गर्भवती भएका थिए ।

अस्पतालले पनि बच्चा सहितका नर्स आमाको तस्वीर पोष्ट गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...