कक्षा ८ पनि पास गर्न नसकेका २५ वर्षीय युवा, जो सँग छ ३२ अर्बको सम्पत्ति



हाम्रो इकोनोमि

 

भनिन्छ मानिसमा आँट र सकारात्मक सोच हुन्छ भने उसका लागि विश्वको कुनै पनि काम मुश्किल हुँदैन । एक भारतीय युवाले यो कुराको पुष्टि गरेका छन् ।

त्रिशनित अरोडा नाम गरेका युवाले जीवनमा ८ कक्षा पनि पास गर्न सकेका थिएनन् तर अहिले उनीसँग करोडौंको सम्पत्तिको मालिक बन्न पुगेका छन् ।

सानैदेखि पढाइमा खासै ध्यान नदिने त्रिशनितको कम्प्युटरमा भने लगाव थियो । यो बानी देखेर उनीका आमाबाबुले पनि उनलाई हौसला प्रदान गरेका थिए । त्यसपछिट उनलाई नयाँ कम्प्युटर ल्याएर दिइएको थियो ।

कम्प्युटर पाएसँगै त्रिशनितकोजीवन बदिलियो । कति गाह्रो पासवर्ड बनाए पनि उनका लागि बायाँ हातको खेल थियो । २० वर्षको उमेरबाट त्रिशनितले कम्प्युटर फिक्सिङ र सफ्टवेयर क्लिकिङको सानो प्रोजेक्ट्समा काम गर्न सुरु गरेका थिए । उनलाई पहिलो तलब नै करिब ९५ हजार मिलेको थियो ।

त्यससँगै उनले आफूलाई विस्तार गर्दै लगे । उनले आफ्नै एक कम्पनी खोल्ने सोच बनाए । २१ वर्षको उमेरमा उनले टीएसी सेक्युरिटी नामको एक कम्पनी स्थापना गरेका थिए ।

यसले नेटवर्किङलाई सुरक्षित गर्ने काम गथ्र्यो । अहिले भारतका सीबीआई, रिलायन्स, अमूल, गुजरात पुलिस र पञ्जाब पुलिसले पनि त्रिशनितको सेवा लिँदै आएका छन् ।

यद्यपि त्रिशनितले घरै बसेर १२ र बीसीएको पढाइ पूरा गरेका थिए । त्रिशनितले ह्याकिङबारे धेरै किताबहरु पनि लेखिसकेका छन् । अहिले उनको सम्पत्ति करिब ३२ अर्बको हाराहारीमा रहेको छ । उनको कम्पनीलाई अर्ब डलरको सुरक्षा कम्पनी बनाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...