कक्षा ८ पनि पास गर्न नसकेका २५ वर्षीय युवा, जो सँग छ ३२ अर्बको सम्पत्ति



हाम्रो इकोनोमि

 

भनिन्छ मानिसमा आँट र सकारात्मक सोच हुन्छ भने उसका लागि विश्वको कुनै पनि काम मुश्किल हुँदैन । एक भारतीय युवाले यो कुराको पुष्टि गरेका छन् ।

त्रिशनित अरोडा नाम गरेका युवाले जीवनमा ८ कक्षा पनि पास गर्न सकेका थिएनन् तर अहिले उनीसँग करोडौंको सम्पत्तिको मालिक बन्न पुगेका छन् ।

सानैदेखि पढाइमा खासै ध्यान नदिने त्रिशनितको कम्प्युटरमा भने लगाव थियो । यो बानी देखेर उनीका आमाबाबुले पनि उनलाई हौसला प्रदान गरेका थिए । त्यसपछिट उनलाई नयाँ कम्प्युटर ल्याएर दिइएको थियो ।

कम्प्युटर पाएसँगै त्रिशनितकोजीवन बदिलियो । कति गाह्रो पासवर्ड बनाए पनि उनका लागि बायाँ हातको खेल थियो । २० वर्षको उमेरबाट त्रिशनितले कम्प्युटर फिक्सिङ र सफ्टवेयर क्लिकिङको सानो प्रोजेक्ट्समा काम गर्न सुरु गरेका थिए । उनलाई पहिलो तलब नै करिब ९५ हजार मिलेको थियो ।

त्यससँगै उनले आफूलाई विस्तार गर्दै लगे । उनले आफ्नै एक कम्पनी खोल्ने सोच बनाए । २१ वर्षको उमेरमा उनले टीएसी सेक्युरिटी नामको एक कम्पनी स्थापना गरेका थिए ।

यसले नेटवर्किङलाई सुरक्षित गर्ने काम गथ्र्यो । अहिले भारतका सीबीआई, रिलायन्स, अमूल, गुजरात पुलिस र पञ्जाब पुलिसले पनि त्रिशनितको सेवा लिँदै आएका छन् ।

यद्यपि त्रिशनितले घरै बसेर १२ र बीसीएको पढाइ पूरा गरेका थिए । त्रिशनितले ह्याकिङबारे धेरै किताबहरु पनि लेखिसकेका छन् । अहिले उनको सम्पत्ति करिब ३२ अर्बको हाराहारीमा रहेको छ । उनको कम्पनीलाई अर्ब डलरको सुरक्षा कम्पनी बनाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...