महिनावारी भएको बेला महिला कामदारलाइ तिनदिन बिदा सहित तलव दिने सरकारको तयारी



हाम्रो इकोनोमि

 

सरकारले कामकाजमा रहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ ।

सरकारले महिनावारीका समयमा महिलाहरुलार्इ तीन दिन विदा दिने तयारी गरेकाे हाे ।

तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएकाे बताइएकाे छ ।

उक्त विधेयक पास भएमा सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको समयमा तीन दिन तलब सहितको विदा दिनुपर्नेछ ।

व्यवसायिक एवं कामकाजी महिलाका संघसंस्थाहरुले उक्त विधेयककाे स्वागत गरेका छन् भने स्थानीय सञ्चार माध्यमहरुले सरकारको कदमको खुलेरै प्रशंसा गरेका छन् ।

लोककल्याणकारी शासन व्यवस्था भएका विश्वका धेरै मुलुकहरुले महिलालाई ६ महिना सुत्केरी विदा दिँदै आएका छन् ।

इटालीले भने त्योभन्दा अघि बढ्दै महिलाहरुलाई महिनावारी विदाको कानून ल्याउने तयारीमा लागेको हो ।

गत मार्च १३ मा सत्तारुढ डेमोक्रेटिक पार्टीका महिला सांसदहरुले संसदमा दर्ता गराएको उक्त बिदा सम्वन्धि विधेयक आगामी महिना पारित हुने अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

चीनका केही प्रान्त, जापान, दक्षिण कोरिया लगायतका केहि मुलुकहरुले यसअघि नै आफ्ना महिला कामदारका लागि महिनावारीमा विदा दिदै आएका छन् ।

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ ।

यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ ।

शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ ।

तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् ।

अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् ।

त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् ।

वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...