युवकले आइफोन किन्ने लोभले मृगौला बेचे, तर थाहा थिएन यस्तो दिन पनि आउनेछ



हाम्रो इकोनोमि

 

आइफोन किन्ने रहर धेरैलाई हुन्छ । मोवाइल फोनको क्रेज बढिरहेको बेला महंगो आइफोन बोक्ने रहरने एक युवकको जिन्दगी नै खतरामा परेको छ ।

अहिले उनी जिन्दगीको लागि संघर्ष गरिरहेका छन् । यी युवक चीनका हुन् जसले

केही वर्ष अगाडि आइफोन किन्नको लागि आफ्नो एउटा मृगौला बेचेका थिए ।

त्यतिबेला उनलाई लागेको थियो कि एउटा मृगौलाले काम चल्छ भने अर्को किन चाहियो ?

तर, उनको यो गल्तीको सजाय उनले अहिले भोगिरहेका छन् ।

अहिले उनको अर्को मृगौलाले पनि काम गर्न छाडेको छ ।

चीनको एन्हुइ प्रान्तका २५ वर्षका वांग शांगकुन अहिले अस्पतालमा जिन्दगीको लागि संघर्ष गरिरहेका छन् ।

उनको एकमात्र मृगौलाले काम गर्न बन्द गरेको छ र उनी डायलासिसको सहारामा बाँचिरहेका छन् ।

उनको यो हालतको जिम्मेवार उनी स्वयं हुन् ।

२०१ मा त्यतिबेलाको सबैभन्दा पछिल्लो आइफोन किन्नको लागि वांगले आफ्नो एक मृगौला २५ हजार युआन (करिब ४ लाख नेपाली रुपैयाँ)मा बेचेका थिए ।

निकै गरिब परिवारका वांग आइफोन लिएर साथीहरुको अगाडि शान देखाउन चाहन्थे ।

मृगौला बेचेर आएको पैसाले उनले आइफोन ४ र आइप्याड २ किनेका थिए ।

उनले गैरकानुनी रुपमा ब्ल्याक मार्केटमा आफ्नो मृगौला बेचेका थिए ।

चीनिया मिडियाका अनुसार दोस्रो मृगौला फेल भएपछि उनी अस्पतालमा भनाइ भएका छन् ।

पहिलो मृगौला निकाल्ने क्रममा भएको संक्रमणका कारण उनको अर्को मृगौला पनि खराब भएको डाक्टरहरुले बताएका छन् ।

पहिलो मृगौला निकालेपछि सर्जरीको क्रममा डाक्टरले लापरवाही गरे जसका कारण उनको अर्को मृगौला संक्रमित भएको बताइएको छ ।

यो घटना सार्वजनिक भएपछि गैरकानुनी रुपमा उनको मृगौला निकालेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...