डा. गोविन्द केसी अस्पतालमा भर्ना



हाम्रो इकोनोमि

 

अनसनरत डा.गोविन्द केसीलाई अस्पताल लगिएको छ ।डा. कसीको मुटुको गति अनियमित भएर स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सोमबार बिहान इलाम अस्पतालमा लगिएको हो ।

चिकित्सक रामकृष्ण आचार्यका अनुसार डा. केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको हो । उनका अनुसार डा.केसीको छात्तीमा संक्रमण भएको तथा टन्सिलले घाँटी सुन्निएको छ ।

आइतबार नै गरिएको परीक्षणमा डा.केसीको मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उनी अस्पताल जान मानेका थिएनन् ।

गत पुस २५ गते संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफूसँगको सम्झौता उल्ल्ंघन भएको भन्दै डा.केसी सोही दिनबाट इलाम सदरमुकामको एक घरमा १६ औ अनसन सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...